अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल

११ मंसिर, काठमाडौँ ।

Advertisement

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गरेकी छन् ।

नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहेकी भुसालले भनिन्, “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।”

Advertisement

सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गर्दै नेत्री भुसालले क्रान्तिकारीपनसहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र वडादेखि पालिका तथा पालिका हुँदै महाधिवेशनसम्म पुग्दा देशको पार्टीले २१औँ शताब्दीको तेस्रो दशकमा कम्युनिष्टहरूका लागि स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गरे।

एकीकृत माआवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गर्दै मन्त्री भुसालले भनिन्, “राष्ट्रिय महाधिवेशसम्म आइपुग्दा पार्टीले राजनीति कार्यदिशा स्पष्टसँग तय गर्छ ।” उनले प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले जनयुद्धको जगमा लेखिएको संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताईन् ।

Advertisement

मन्त्री भुसालले जनताको आङ्कक्षा र चाहना बेगर आफ्नो पार्टी कुनै पनि निर्णय नलिने विश्वास दिलाउँदै मन्त्री भुसालले आगामी दिनमा आफ्नो वर्ग र जनताको लागि निरन्तर सङ्घर्ष गरिरहने स्पष्ट पारिन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top