NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

आइतवार मंसिर १९ , २०७८
Reading Time: 1 min read
A A
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ मंसिर, काठमाडाैँ ।

कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेक मेलाको २७औँ संस्करणको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासङ्घले जनाएको छ ।

इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी तयारी गरिएको भए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको थियो । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताए ।

प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहनेछन् ।

इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने महासङ्घले विश्वास लिएको छ ।

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.