×

NEPAL TIMES UPDATES

Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

हतियारको डिल गर्न ६ घण्टाका लागि भारत आउँदै पुटिन

२० मंसिर २०७८

२० मंसिर, एजेन्सी ।

रुसले नयाँ वर्षको जनवरी महिनामै आफ्नो छिमेकी राष्ट्र युक्रेन कब्जा गर्ने अमेरिकाले दावी गरिरहेको अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो असल छिमेकीका रुपमा रहेका भारतको भ्रमणमा आउँदैछन् । युक्रेनविरुद्ध युद्धको तयारी गरिरहेको भनिएको रुसी राष्ट्रपतिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Advertisement

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज उच्चस्तरीय द्धिपक्षीय भेटवार्ता हुँदैछ । साँझ ५: ३० बजे पुटिन र मोदीबीच शिखर वार्ता हुने बताइएको छ । यद्यपि पुटिन कति बजे नयाँ दिल्ली आइपुग्ने अझैसम्म सार्वजनिक गरिएको छैन ।

पुटिनले आफ्नो ६ घण्टे दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम छ । भारत र रुसले हालै रक्षा र विदेश मामिलासम्बन्धी छलफल गर्न टु प्लस टु संयन्त्र निर्माण गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार दुई नेताबीचको भेटवार्तामा रक्षा र व्यापारमा लगानीसहित ऊर्जा तथा प्रविधिको विषयमा छलफल हुनेछ । वार्तापछि दुबै मुलुकले संयुक्त वक्तव्य सार्वजनिक गर्ने छन् । मेक इन इन्डिया कार्यक्रम अन्तर्गत भारत र रुसबीच भारतीय सेनाको लागि ७.५ लाख एके–२०३ राइफल उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर हुने अपेक्षा छ । पुटिन भ्रमणको मुख्य आकर्षण एके–२०३ एसल्ट राइफल उत्पादनसम्बन्धी सम्झौतालाई मुख्य मानिएको छ । पुटिन आजै राती पौने १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

पुटिनको दिल्ली भ्रमणमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको भेटवार्तादेखि सुरु हुनेछ । भारतीय विदेशमन्त्री एस जयंशकरले रुसी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रुसी राष्ट्रपति निकै कम यात्रा गर्नेमा पर्छन् । पुटिनको भारत भ्रमणलाई अनेक कोणबाट हेर्ने गरिएको छ । दुवै देशबीच लामो समयदेखि स्थायी सम्बन्ध छ जसलाई केबल मैत्रीपूर्ण सम्बन्धका रुपमा मात्रै वर्णन गर्न सकिन्छ । यस्तोमा निकै छोटो समयका लागि भएपनि पुटिनको यो दिल्ली यात्रालाई निकै विशिष्ट मानिएको छ ।

पुटिन र मोदीबीच यसअघि अक्टोबर २०१८ मा भेटवार्ता भएको थियो । त्यसपछि विश्व राजनीतिमा धेरै उतारचढाव, बदलाव आयो । यसबीच हुन लागेको द्विपक्षीय भेटमा राष्ट्रपति पुटिन विभिन्न मुद्यामाथि भारतीय प्रधानमन्त्रीको दृष्टिकोण र विचार जान्ने प्रयास गर्ने विश्लेषण गरिएको छ । संभवत यो भ्रमणमा अमेरिकी नेतृत्वको नेटो सेना र युक्रेन, अमेरिकासँग बढ्दो सम्बन्ध, चीनप्रतिको धारणन लगायतको विषय पनि पुटिनले उठाउनसक्ने बताइएको छ । विश्वस्तरमा हालै सबैभन्दा ठुलो बदलाव अफगानिस्तनमा भएको छ । जहाँ तालिबानको नयाँ सरकारले नियन्त्रण जमाएको छ । रुसले तालिबानलाई उचित शासक भन्ने गरेको छ । र तालिबानप्रति रुसको स्वीकार्यताले भारतको छिमेकी पाकिस्तानको क्षेत्रीय स्थिति बलियो भएको छ । जसले भारतलाई चिन्तित पारिदिएको छ । साथै रुस भारतको अमेरिकाप्रतिको बढ्दो झुकावले पनि चिन्तित छ ।

खासगरि क्वाडको संदर्भमा ।अमेरिका, जापान, भारत र अस्ट्रेलिया क्वाडको चार सदस्य देश हुन् । यो समूहले हालै कोरोना महामारीविरुद्ध लड्न एकअर्कालाई सहयोग गरेका थिए । यसका साथै चीनको समुद्री क्षेत्रहरुको दाबीलाई चुतौती पनि दिएका छन् । गत सेप्टेम्बरमा अमेरिकामा क्वाड मुलुकको बैठक बसेको थियो । त्यसलगत्तै चिनियाँ संचारमाध्यम तथा विशेषज्ञहरुले यो हिन्दप्रशांत क्षेत्रमा चीनको प्रभाव नियन्त्रण गर्ने अर्को एक प्रयास भएको बताएका थिए । रुसले भने क्वाडलाई एशियन–नाटोका रुपमा रेखांकित गरेको छ ।

अमेरिका र चीनबीचको विरोधाभासमाथि भारत र रुसको मत अलग–अलग हुनसक्छ । चीनसंग रुसको गहिरो र बलियो सम्बन्ध छ । कम से कम यि दुई देशबीच चीन–अमेरिकाको जस्तो लामो समयदेखि चलिरहेको बैचारिक मतभेद र अविश्वासले भरिएको इतिहास छैन । अहिलेसम्म रुस भारतका लागि हतियारहरुको मुख्य सप्लायर हो । तर पछिल्लो समय भारतले अन्य विकल्पहरुमा पनि ध्यान दिन थालेको छ । गत वर्ष भारतमा रुसबाट आउने हतियारमा पचास प्रतिशत कम भएको थियो । यसले पनि दुई देशबीचको सम्बन्धमा खटपट सुरु भएको थियो । यद्यपी पुटिन र मोदीबीच व्यक्तिगत सम्बन्ध बलियो रहेको मानिन्छ । आजको भ्रमणमा दुवै नेताहरुले आफुबीचको गतिरोध हल गर्ने प्रयास गर्ने विश्वास गरिएको छ ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top