×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

औद्योगिक करिडोरमा मागेजति बिजुली दिन संरचना बनाउँदै प्राधिकरण

२० मंसिर २०७८

२० मंसिर, काठमाडाैँ ।
हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ । प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना कार्यान्वयन भएको खण्डमा हाल निर्माणाधीन आयोजनाबाट उत्पादन हुने सबै ऊर्जाको समेत खपत हुनेछ ।

लामो समयदेखि उद्योगी व्यवसायीले थप बिजुली माग गरे पनि पूर्वाधारको अभावमा उपलब्ध हुनसकेको थिएन । सोही समस्या समाधानका लागि प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाएको छ ।

Advertisement

प्राधिकरणले भैरहवा–बुटवल, बारा पर्सा र हेटौँडा औद्योगिक करिडोरका उद्योगले मागेजति बिजुली उपलब्ध गराउने संरचना निर्माण गर्ने योजनाका साथ अभियान सञ्चालन गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । पछिल्लो पटक बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगलाई तत्काल २०० मेगावाटसम्म थप विद्युत् दिनसक्ने गरी पूर्वाधार तयार भएको छ । प्राधिकरणका अनुसार अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सफर्मर थप भएपछि उद्योगले मागेजति विद्युत् दिन सकिनेछ ।

जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने छ । हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सवस्टेशनबाट तत्काल विद्युत् दिन सकिनेछ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ ।

बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) लाई तत्काल विद्युत् दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी लाइन विस्तार तथा सवस्टेसन निर्माण गर्न लागिएको छ । प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा थप दुई हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउने छ ।

सो औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । प्राधिकरणले मुख्य रुपमा उद्योगलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ ।

प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि सारेको छ । सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।

निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सवस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सवस्टेशन निर्माण गरिनेछ । प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगलाई तत्काल दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगले क्षमता विस्तारका लागि थप विद्युत्को माग गर्दै आएका छन् ।

रमेश लम्साल /रासस

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top