×

NEPAL TIMES UPDATES

Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

तालिवानलाई २२ राष्ट्रले भने- अब सुध्रिनु

२० मंसिर २०७८

२० मंसिर, एजेन्सी ।

२० वर्ष लामो अमेरिकी सेना नेतृत्वको नेटो गठबन्धनसँग लडिरहेको तालिवानले नेटोसेनाको फिर्तीसँगै विना रक्तपात अफगानिस्तानको सरकार हत्याएपछि त्यहाँका जनता अहिले त्रासदीको जीवन बिताईरहेका छन् । तालिवानको अंगिकार रहेको सरिया कानुन लादेर अफगानीका शिक्षा स्वास्थ्य, मनोरन्जन लगायत हरेक स्वतन्त्रतामाथि अंकुश लगाएको तालिवान सरकारले गैरन्यायिक रुपमा निरंकुश हत्या मच्चाएको खुलासा भएको छ ।

Advertisement

ह्युमन राइट्स वाचको एक रिपोर्टमा तालिबान शासनदेखि हालसम्म सयभन्दा बढी पूर्व सुरक्षाकर्मीको निरंकुश हत्या गरिएको बताएको छ । तालिबानले चार महिना अघि अफगानिस्तनमाथि नियन्त्रण गरेको थियो । यो रिपोर्ट बाहिरिएसँगै अमेरिका र सहयोगी राष्ट्रले तालिबानलाई पूर्व अफगान सुरक्षाबललाई निशाना बनाउन छोडिदिन चेतावनी दिएका छन् । २२ देशले एक साझा बयान जारी गर्दै तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारी कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउने आफ्नो बचनमाथि कायम रहन भनेको छ । बयानमा ‘हामी निरंकुश हत्या र मानिसहरु हराएको रिपोर्टले असाध्यै चिन्तित छौं ।’ भनिएको छ । ह्युमन राइट्स वाचले यस्ता ४७ पूर्व सुरक्षाबलको डाटा पनि जुटाएको छ जसले १५ अगस्टदेखि ३१ अक्टोबरबीच या त तालिबानको समक्ष आत्मसमर्पण गरेका थिए वा तालिबानले उनीहरुलाई पक्राउ गरेका थिए । पछि उनीहरुको हत्या गरिएको थियो ।

तालिबानले अफगानिस्तामा शासन सम्हालेपछि पूर्व सरकारका कर्मचारी र सैनिकलाई कुनै पनि प्रकारको हानी पुर्याइने छैन भनेर विश्वास दिलाएका थिए । अमेरिकाले एक संक्षिप्त साझा बयान जारी गरेको छ जसमा बेलायतसमेत युरोपेली संघ र अन्य १९ देशले हस्ताक्षर गरेको छ । यी देशले अफगानिस्तानमा भइरहेको हत्या र मानिसहरु हराइरहेको घटनामाथि चिन्ता व्यक्त गरेको छ र यसलाई गम्भीरताले अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

यसअघि आएको मानवाधिकार रिपोर्टमा पनि तालिबानमाथि निरंकुश हत्या गरेको आरोप लगाइएको छ । यस वर्ष अगस्टमा एमनेस्टी इन्टरनेशनलले एक रिपोर्ट प्रकाशित गरेको थियो । ३० अगस्टमा तालिबानका करिब तीन सय लडाकुमा दहानी कुल गाउँ नजिकै पुगेको एमनेस्टीलाई थाहा भएको थियो । यहाँ थुप्रै पूर्व सैनिकका परिवार बसिरहेका थिए । यो रिपोर्टका अनुसार तालिबानसमक्ष आत्मसमर्पण गर्ने ९ सैनिकलाई गोली हानिएको थियो । दुई अन्य सैनिकको मृत्यु पनि गोलीबारीबाटै भएको थियो । यो घटनापछि भएको झडपमा दुई सर्वसाधारण पनि मारिएका थिए । मारिएकामध्ये एक १७ वर्षीया एक युवती पनि रहेकी थिइन् ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top