२१ मंसिर, एजेन्सी ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय-परीक्षित मित्रको रूपमा बुझेको बताएका छन् ।
सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो। रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका थिए।
छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका थिए ।राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताएका छन् ।
