२३ मंसिर, काठमाडाैँ ।
साताको अन्तिम कारोबारको दिन शेयर बजार मापक नेप्से परिसूचक ५ अंकले तल झरेकोे छ । बजार मापन गर्ने सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले बढेर ४६५.२३ बिन्दुमा रोकिएको छ ।
बिहीबारका कारोबारमा आएका २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ। जसमा निर्जीबन बीमा ६०.२७, माइक्रोफाइनान्स २५.१७, बैंकिङ २.३५, विकास बैंक २१.९२, जलविद्युत १७.०१, फाइनान्स १६.२८, उत्पादन तथा प्रशोधन २१.२९, जीवन बीमा समूहको उपसूचकमा ३४.४३ अंकले घटेको छ ।
बिहीबारको कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरीको कारोबार सबै भन्दा बढी भएको छ। उक्त कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रोमा अपी पावर र नबिल बैंक रहेको छ । अधिकांश उपसूचकमा गिरावट आए पनि सिनर्जी पावरको शेयरमूल्य र लक्ष्मी इक्विटी फण्ड। सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य बढेको छ। भने सामूदायिक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,एनआईसी एशिया लघुवित्तर घलेम्दी हाइड्रोको शेयर मूल्य घटेको छ।
