जिल्ला जन/स्वास्थ्य कार्यालय खारेज हुँदै, जिल्लामा नयाँ स्वास्थ्य कार्यालय सञ्चालन हुने

२६ साउन ७५, आइतबार

विराटनगर,साउन २७
संघीय संरचना अनुसार आगामि असोजदेखि देशका सबै जिल्लामा रहेका जनरस्वास्थ्य कार्यालयहरु खारेज हुने भएका छन्। सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरेपनि प्रदेश माताहत रहनेगरी देशका ७७ वटै जिल्लालाई हेर्ने ३५ जिल्लामा स्वास्थ्य कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

प्रदेशमा रहने सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय माताहत ३५ वटा जिल्लामा रहने स्वास्थ्य कार्यालयको नयाँ संगठन संरचना र दरवन्दी सरकारले पारित गरिसकेको छ । कार्यालयलाई १५ वटा कार्यविवरण तोकिएको छ।

सरकारले सातवटै प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको नयाँ संरचना यसअघि नै पारित गरिसकेको छ। निर्देशनालयमा स्वास्थ्यका ११ औं तहका कर्मचारी प्रमुख हुनेछन्। निर्देशनालयमा प्रमुखसहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ। निर्देशनालयमा ९ वटा शाखा रहने जनाईएको छ ।

Advertisement

मन्त्रीपरिषद्बाट जिल्ला स्वास्थ्यको नयाँ संरचना पारित भएपछि हाल ७७ जिल्लामा रहेका जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खारेज हुने भएका छन् ।सरकारले यी कार्यालय पहिले नै खारेज गर्ने तयारी गरेपनि खोप, निशुल्क औषधि लगायतका स्वास्थ्यका कार्यक्रममा समस्या आउने भएपछि पहिला असार सम्म र त्यसपछि पुन असोजसम्म समय थपिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top