×

NEPAL TIMES UPDATES

Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026

क्यानडाले आदिवासी बालबालिकालाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने

२८ मंसिर २०७८

२८ मंसिर, एजेन्सी । क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ ।

सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० हजार क्यानाडेली डलर (३१ हजार ३५० अमेरिकी डलर) दिन भनेको थियो ।

Advertisement

सरकारले सुरुमा अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको थियो । तर १९९६ सम्म सञ्चालित आवासीय विद्यालय नजिकै ११ सय जनाको चिहान फेला परेपछि जन दबाब खेप्दै आएको सरकारले क्षतिपूर्ति दिने भएको हो ।

क्यानडा सरकारले मंगलबार औपचारिक रुपमा क्षतिपूर्ति रकम घोषणा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । ३१ अर्ब बराबरको क्षतिपूर्ति रकमलाई २०१६ को न्यायिक छानबिनसहित अन्य २ वटा मुद्दा निरुपण र आदिवासी बाल कल्याण कार्यक्रमको दीर्घकालीन सुधारका लागि प्रयोग गरिने समाचारमा उल्लेख छ ।

क्यानाडामा १९९६ सम्म आदिवासी बालबालिलकालाई आफ्नो मातृभाषा त्यागी इसाइ बनाउने र समाजमा सम्मिलन गराउने उद्देश्यस्वरुप आवासीय विद्यालय प्रणाली लागू गरिएको थियो । उक्त प्रणालीअन्तर्गत आदिवासी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएर आवासीय विद्यालय पठाइने गरिन्थ्यो । यसमध्ये कैयौं बालबालिकाहरू कुपोषण, कुटपिट र यौन दुर्व्यवहारको सिकार बन्ने गर्थे ।

मातृभाषा त्यागी अंग्रेजी वा फ्रेन्च बोल्न र इसाइ बन्न बाध्य पार्ने उक्त नीतिका कारण आदिवासी बालबालिकाको कैयौं पुस्तामाथि आघात परेको थियो । सन् १८७४ देखि १९९६ सम्म सञ्चालित आवासीय विद्यालयमा फस्ट नेशन्स, मेटिस र इनुइट आदिवासीका १ लाख ५० बालबालिका राखिएको अनुमान गरिन्छ ।

आवासीय विद्यालयलाई आर्थिक सहयोग दिने र सञ्चालन गर्ने कार्यमा गिर्जाघर (चर्च) ले महत्वपूर्ण भूमिका खेलेका थिए । एक सर्वेक्षणअनुसार खासगरी रोमन क्याथोलिक चर्चले झण्डै ७० प्रतिशत आवासीय विद्यालय सञ्चालन गरेका थिए ।

यसै वर्षको सुरुमा भ्याटिकनले मेलमिलाप प्रयासमा सघाउन भन्दै पोप फ्रान्सिस क्यानाडाको भ्रमण गर्न सहमत भएको बताएको थियो । हालसम्म भ्रमणको औपचारिक मिति घोषणा गरिएको छैन । चर्चको भूमिकालाई लिएर पोपले माफी माग्नु पर्ने क्यानाडेलीहरूको माग छ तर पोपले हालसम्म आधिकारिक रुपमा क्षमायाचना गरेका छैनन् ।

भर्खरको समाचार

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

सम्बन्धित खबरहरु

Scroll to Top