दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, साउन २७
गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ ।

स्टकका अनुसार आज कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.११ र होटल उपसमूह ६.७३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३.२२,जलविद्युत् २१.१९, वित्त ३ं५९, निर्जीवन बीमा १०५.७४, उत्पादन ६३.५८, अन्य ४.७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ बिन्दुले ओरालो लागेको छ ।

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले आज कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.