१३ पुस, मोरङ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको छ ।
अभियान अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा सम्पन्न भेलाले ७ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ । नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले श्रवण सरदारको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा सदानन्द पासवान, सचिवमा कविता पासवान, सह–सचिवमा हरिलाल ऋषिदेव र कोषाध्यक्षमा उषादेवी पासवान चयन भएका छन् ।
कमिटीको सदस्यहरुमा आशादेवी सरदार, सञ्जुदेवी सरदार, बिक्रम पासवान, बिक्रम ऋषिदेव, रितादेवी ऋषिदेव, लच्छोदेवी सरदार, शिवप्रसाद पासवान, सहदेव सफी, पनियाँदेवी सरदार, जुवावत्तिदेवी सरदार, चमेली सरदारलगायत रहेका छन् ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारले शपथग्रहण गराएका थिए ।

