×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

‘नर्कको ढोका’ बन्द गर्न तुर्कमेनिस्तानका राष्ट्रपतिले दिए आदेश

२५ पुष २०७८

२५ पुस, एजेन्सी ।
तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा नर्कको ढोका अर्थात् गेटवे टू हेल निभाउने आदेश दिएका छन् ।

तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको ढोका भनिन्छ । तुर्कमेनिस्तानको ७० प्रतिशत हिस्सामा काराकुम मरभूमि छ । ३.५ लाख वर्ग किलोमीटरको यो मरभूमिको उत्तरतर्फ गेट क्रेटर नामको ठूलो खाडल छ ।

Advertisement

६९ मीटर फराकिलो र ३० मीटर गहिरो यो खाडलमा विगत कैयौँ दशकदेखि आगो बलिरहेको छ । तर यसको कारण कुनै ‘शैतान’ होइन । यहाँको प्राकृतिक ग्यास मिथेनले गर्दा यहाँ लगातार आगो बलिरहेको हो ।

राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोभले यसलाई पर्यावरण र स्वास्थ्यका कारण साथै ग्यास निर्यात बढाउने प्रयासको रुपमा हेरिदिन इच्छा व्यक्त गरे ।

कहिले बन्यो खाडल

धेरै मानिसको मान्यता अनुसार – सन् १९७१ मा सोभियत संघका भू-वैज्ञानिक काराकुमले मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेका थिए । यहाँ एक स्थानमा उनले प्राकृतिक ग्यासको भण्डार भेटे । तर, खोजीको समयमा त्यहाँको जमिन भासियो र त्यहाँ तीन ठूला ठूला खाडल बने ।

यी खाडलबाट मिथेन चुहिने खतरा थियो । जुन वायुमण्डलमा घुलिन सक्थ्यो । एक सिद्धान्तका अनुसार यसलाई रोक्न भूज्ञानिकले ती मध्ये एकमा आगो लगाइदिए । त्यतिबेला उनीहरुले केही सातापछि मिथेन सकिन्छ र आगो पनि आफै निभ्छ भन्ने विश्वास लिएका थिए ।

तर क्यानडाका अनुसन्धाता जर्ज कोरोनिस भन्छन्, ‘यो कहानीमाथि विश्वास गर्न यसको पक्षमा कुनै पक्का दस्तावेज भेटिएको छैन ।’

सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि बनाइएको एक कार्यक्रमको अवधिमा एक खोज दल तुर्कमेनिस्तानको उक्त इलाकामा पुगेका थिए । जर्ज कोरोनिस यो दलका सदस्य थिए । यो खाडलमा लगातार बलिरहने आगो वास्तवमा कहिलेबाट सुरु भयो भन्नेबारे उनले जान्ने कोसिस गरिरहेका थिए ।

तर उनको अनुसन्धानले उनको प्रश्नको पूरा जवाफ दिनुको साटो थप प्रश्न निम्त्याएके थियो । तुुर्कमेनिस्तानको भूू–वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा १९६० को दशकमा बनेको थियो । तर १९८० को दशकमा यसमा आगो लागेको थियो ।

गोपनियताः

इतिहासका जेरोनिम पेरोपिक भन्छन्, ‘‘नर्कको ढोका’ को विषयमा जुन रहस्य छ, त्यो बिल्कुल तार्किक छ ।’ जेरोनिमले बीबीसँग भनेका थिए, ‘सोभियत संघका बेला काम कसरी हुन्थ्यो भन्ने कुरालाई यसले इशारा गर्छ ।

त्यतिबेला ती अभियानको जानकारी मात्रै सार्वजजिक गरिन्थ्यो जुन सफल हुन्थे तर असफल अभियानबारे केही जानकारी दिइँदैनथ्यो । यदि स्थानीयले केही गलत गरेका छन् भने यसबारे अरुलाई थाहा होस् भनेर उनीहरु चाहँदैनथे ।’

आगोको यो खाडल मरुभूमिको बीचमा थियो त्यसैले यसले जन–धनको क्षती हुने कुनै डर थिएन र यसको असर पनि शूल्य बराबर नै थियो ।

जानकारका अनुसार त्यतिबेला सोभियत संघसँग प्राकृतिक ग्यास वा इन्धनको कुनै कमी थिएन, उनीहरुले हरेक वर्ष सात लाख क्यूबिक मिटर प्राकृति ग्यासको उत्पादन गर्ने गर्दथे । यस्तोमा ग्यासलाई बालेरै नष्ट गरिदिनु उनीहरुका लागि व्यवहारिक विकल्प भएको हुनसक्ने सम्भावना छ ।

उनी भन्छन्, ‘स्विटजरल्याण्डजस्तो देश हरेक वर्ष १५ हजारदेखि १६ हजार क्यूबिक मिटर प्राकृतिक ग्यास प्रयोग गर्दथ्यो तर यसको चार गुणा बालेर नष्ट गर्नु सोभियतका लागि ठूलो कुरा थिएन ।

यसलाई तर्कसंगत रुपमा सोचेर यसलाई पाइपलाइनमा राखेर अन्य स्थानमा लैजानुको साटो यसलाई बाल्ने निर्णय लिइएको हुनुपर्छ । प्राकृतिक ग्यासलाई अन्य स्थानमा लैजानका लागि यहाँ ठूलो परिमाणमा निर्माण कार्य गर्नुपर्दथ्यो ।’

कोरोनिसको खोजी दलमा समावेश माइक्रोबायोलोजिस्ट स्टिफन ग्रीन भन्छन्, ‘मिथेनलाई अनियन्त्रित तरिकाले पर्यावरणमा घोलिन दिनु गलत विचार हो’ र यसलाई बाल्ने निर्णयलाई बुझ्न सकिन्छ ।’

‘यो असाध्यै खतरनाक हुन सक्थ्यो । किनभने जबसम्म आगो बलिरहन्छ मिथेन एउटै स्थानमा जम्मा हुने छैन । नभए यहाँ समय समयमा ठूलो बिस्फोट हुने खतरा हुनसक्थ्यो ।’ यो स्थान तुर्कमेनिस्टानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षणमध्ये एक हो ।

तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो एक टेलिभिजन अन्तरवार्तामा भने, ‘हामी आफ्नो मूल्यवान प्राकृतिक स्रोत साधन गुमाइरहेको छ जसका कारण हामीले लाभ प्राप्त गर्न सक्छौँ । साथै, आफ्ना जनाताको भलाईमा यसको प्रयोग गर्न सक्नेछौँ ।’

उनले अधिकारीलाई आगो निभाउनका लागि प्रभावकारी उपाय खोज्न निर्देशन दिएका छन् । यसअघि पनि आगो निभाउने थुप्रै कोसिस गरिइसकेको छ । यसअघि सन् २०१० मा पनि राष्ट्रपतिले विशेषज्ञलाई आषे निभाउनका लागि उपाय खोज्न आदेश दिएका थिए ।

यद्यपि, त्यसपछि सन् २०१८ मा राष्ट्रपतिले आधिकारिक रुपमा यसको नाम फेरेर ‘साइनिङ अफ काराकुम’ राखेका थिए । हरेक वर्ष करिब ६ हजार पर्यटक आउने यो देशका लागि मिथेन निकाल्ने यो खाडल देशको सबैभन्दा ठूलो पर्यटन स्थानमध्ये एक बनिसकेको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top