×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्युत प्राधिकरणले चुहावट २० प्रतिशतमा झार्यो, थप ४ अर्ब आम्दानी

२९ श्रावण २०७५

काठमाडौं,साउन २९
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावट २ं.४५ प्रतिशतले कम हुँदै करिब २० प्रतिशतमा झारेको छ । विद्युत चुहावट कम भएसँगै प्राधिकरणको आम्दानी थप ४ अर्ब रुपैयाँ बढेको छ ।

आव २०७३/७४ मा २२.९ प्रतिशत रहेको चुहावट गत वर्ष करिब २.४५ प्रतिशत कम भएको हो । गत आवमा २०.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले त्योभन्दा ०.०५ प्रतिशत बढी घटाउन सफल भएको छ ।

Advertisement
Advertisement

चुहावट नियन्त्रण आन्तरिक सुधार तथा प्रभावकारी आयोजना सञ्चालनबाट प्राधिकरणको वित्तीय अवस्था सकारात्मक हुँदै गएको दाबी छ । प्रसारण र वितरण प्रणालीमा क्रमशः करिब ५.५ प्रतिशत र १४.५ प्रतिशत छ । चालू आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य छ । प्राधिकरणका अनुसार गत आवको अन्तिम लेखापरीक्षणसम्म करिब १ अर्ब रुपैयाँ खुद नाफा हुने अनुमान गरिएको छ ।

२०७३ भदौ १ गतेको ३२औं वार्षिकोत्सवमा करिब ९८ करोड रुपैयाँ खुद घाटा हुने अनुमान गरिए पनि १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा भएको बताइएको छ । गत आवमा प्राधिकरणको सञ्चालन नाफा ७ अर्ब ८६ करोड पुगेको दाबी गरिएको छ । प्राधिकरणले गत आवको वार्षिक बजेटमा करिब २ अर्ब ५० करोड रुपैयाँ खुद घाटा हुने प्रक्षेपण गरेको थियो ।

Advertisement

प्राधिकरणले आव २०७३/७४ मा विद्युत बिक्री र व्याजलगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा आव २०७४/७५ मा आम्दानी ६० अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । प्राधिकरणले आव २०७४/७५ को विद्युत औसत आयात दर प्रतियुनिट ७ रुपैयाँ ५० पैसा छ । उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । आव २०७३/७४ मा २ अर्ब १७ करोड युनिट आयात गरिएकोमा गत आवमा भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत आयात भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top