विराटनगर, साउन २९
प्रदेश १ को प्रमुख सचिवमा ६ महिना भित्रमा ४ जना सचिव फेरिएका छन् । पछिल्लो समय प्रदेश १ मा केदार न्यौपाने आएका छन । न्यौपाने चौथो प्रमुख सचिवको रुपमा १ नम्बर प्रदेशको राजधानी विराटनगर आएका हुन् ।
यसअघि प्रमुख सचिवको रुपमा राजेश्वरमान सिंह, यादवराज कोइराला र सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी लिएर काम गरिसकेका छन् ।
यसैबीच १ नम्बर प्रदेशको मुख्य सचिव न्यौपानेले आवश्यकता अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताएका छन् । प्रदेशमा सबैभन्दा पहिलो एजेण्डा समृद्धिको हुने बताउँदै उनले गरिबी, अज्ञानता घटाउने र पूरानो अवस्थाबाट नयाँ अवस्थामा पु¥याउन आफूले कार्ययोजना निर्माण गर्ने बताएका छन् ।
सोमबार मात्रै कार्यभार सम्हाल्न विराटनगर आइपुगेका न्यौपानेले मंगलबारै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर आवश्यक निर्देशन दिएका छन् । उनले जे जस्तो अवस्थामा भए पनि आफूले काम अघि बढाउनु पर्ने र उनले माथिको मुख ताक्न नहुने पनि बताएका छन । काम के कसरी गर्ने भन्ने विषयमा अझै वृहत छलफल गरेर कार्ययोजनाको खाका तयार गरेर अघि बढ्ने उनको भनाई छ ।