×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ढुक्क हुनुस् शिक्षामन्त्री ज्यू ! तपाईको सन्तान अमेरिकामा सुरक्षित छन्

सुनुवाइ होला नहोला तर सरोकारवाला विरुद्ध यति लेख्न म बाध्य भए । केही समयअघि मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सुने । सम्पूर्ण शैक्षिक संस्था माघ १५ सम्म बन्द गरिएको जानकारी दिइएको रहेछ तर विश्वविद्यालय अन्तर्गत भइरहेको परीक्षाको विषयमा ठोस निर्णय भएको देखिन। २१औं शताब्दीमा पनि हामी वैकल्पिक माध्यमबाट परीक्षा गराउन सकेका छैनौं। त्यही ३ घण्टे परीक्षालाई स्वास्थ्य भन्दा ठूलो मान्यता दिइरहेका छौं । पूर्वान्चल विश्वविद्यालयको कानुन संकायको परीक्षा कै कुरा गर्दा धेरै साथीहरुमा कोरोना भाइरसको लक्षण देखा परेको छ तर परीक्षा छुट्ने डरले र अर्को वर्ष थप मानसिक पीडा खोप्नुपर्ने कारण परीक्षा दिनु पर्ने डरले उनीहरुले आफुमा भएको कोरोनाको लक्षणहरुलाई वेवास्ता गर्दै परीक्षा केन्द्र धाउन बाध्य भए । जसले गर्दा अरुमा पनि कोरोनाको जोखिम उच्च भएको छ। कोरोनाको खोप धेरैले लगाइसकेका छन् त्यही भएर परीक्षा गराएको यदि कसैको उत्तर आउँछ भने त्यो भन्दा गैरजिम्मेवार उत्तर अरु के हुन सक्छ र? मैले दोस्रो लहरमा अग्रपंक्तिमा रहेर कोभिडबिरुद्दको लडाइँमा कोभिड भइ अस्पतालमा भर्ना भएकाहरुको साथमा रहि उनीहरुलाई रगत र प्लाज्माको लागि सहयोग गर्दै आएको थिए। खोप लगाएका पनि मृत्युको मुखमा पुगेको मैले देखेको छु नि सरोकारवाला निकाय सायद तिमिले देखेनौ होला। हाल नेपालमा फैलिएको कोरोना कै ओमिक्रोन नै हो त ? मेरो सबैभन्दा प्राथमिकतामा रहेको प्रश्न हो यो ? ओमिक्रोनको संक्रमण दर उच्च भएपनि यसको मानिसलाई सिकिस्त विरामी बनाउने क्षमता कम छ भनिरहेको अवस्था छ तर खोइ उचित परीक्षण? यदि अहिले नेपालमा फैलिएको ओमिक्रोन कम मात्रामा र डेल्टा भेरियन्ट उच्च मात्रामा हो भने अवस्था के हुन्छ त्यसमा सचेत हुनु परेन सरकार? डेल्टाको विनास हामीले देखेका हैनौ र विश्व समुदायमा? परीक्षा केन्द्रमा यति अव्यवस्थित रुपमा परीक्षा दिइराख्नु परेको छ संक्रमणको संख्या त्यहिबाट बृद्धि हुने निश्चित छ। सबैको इम्युनिटि उतिकै छैन त्यसमा सरोकारवाला निकायले हेक्का राखोस्। भोलि कसैलाई केही भयो भने जिम्मा सरोकारवाला निकायले लिन तयार छ त? काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुरक्षित छ त? अनि त्यसमा यात्रा गर्ने हामी सुरक्षित छौ त? माक्स र स्यानिटाइजरमात्र सबै कुरा हो? संक्रमण कहाँ बाट कसरी सर्छ भन्न नसक्ने अवस्था छ। त्यस्तो अवस्थामा स्वास्थ्य भन्दा माथि परीक्षा राखेर हेर्नु त्यो पनि वैकल्पिक माध्यम हुँदा हुँदै ३ घण्टा नै सबैभन्दा महत्वपूर्ण हो भन्नु अबुझ र अशिक्षित जमातको लापरबाहीको पराकाष्ठा हो। विद्यार्थी परीक्षाका लागी पढ्नु कि कति बेला साथीहरुलाई देखियो मलाई पनि देखिन्छ भन्ने त्रासमा बस्नु? यो केबल मानसिक यातना हो। विद्यार्थीको स्वास्थ्य माथि खेलवाड भइनै रहेको छ यसमा राष्ट्रिय मानव अधिकार आयोग समेतको ध्यानाकर्षण गराउँदछु। देशमै केही गरौ भन्नेका लागि यहिँ नै हो मुख्य कारण हो । आफ्नो देश, आफ्नो सरकार आफ्नो नलाग्ने भएपछि । तर ढुक्क हुनुहोस् शिक्षा मन्त्री ज्यू तपाइँको सन्तान अमेरिकामा सुरक्षित छन् ।

आभास फुयाल

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top