×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

अमेरिकामा विमान कम्पनीहरुको विरोधपछि फाइभ जी सेवा स्थगित

६ माघ, एजेन्सी । अमेरिकी मोबाइल सेवा कम्पनीहरु विमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् ।

विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउ–जाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी सेवा हाललाई स्थगित गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् ।

फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए । अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए ।

फाइभ जीले विमानमा पुर्याउने असर

फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टम (दिशानिर्देश प्रणाली)लाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।

विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ । यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् । यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् ।

मोबाइल कम्पनीको प्रतिक्रिया

मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ । तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ ।

अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।

एटी एण्ड टी कम्पनीका प्रवक्ताले फाइभ जी सेवा ४० देशमा लागू गरिसकेको र त्यसबाट विमान सेवामा असर नपरेको बताएका छन् । तर अमेरिकामा यो सेवा लागू गर्न नसक्दा आफू निराश भएको बताउँदै उनले भनेका छन्– अमेरिकी नियामक निकायलाई हामी अनुरोध गर्दछौं कि समयबद्ध तरिकाले यो लागू गर्नुस् ।

फाइभ जी सेवा हाललाई स्थगित गर्ने निर्णयको अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले स्वागत गरेको छ । बाइडन प्रशासनले भनेको छ– यो निर्णयबाट यात्रुहरुको आउजाउ र कार्गो विमान सन्चालनमा हुने रोकावट हट्नुका साथै अर्थव्यवस्था सही बाटोमा आउने काम पनि जारी रहने छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top