×

NEPAL TIMES UPDATES

Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026

युक्रेन तनावः संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्‍मा अमेरिका र रुसबीच चर्काचर्की

१८ माघ २०७८

१८ माघ, बीबीसी ।
युक्रेनसँगको आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्।

Advertisement

उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए। रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्।

प्रतिबन्धका तयारी

ब्रिटिश विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताइसकेकी छन्।

एकजना अमेरिकी अधिकारीका भनाइमा वाशिङ्टनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ। रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ।

सोमवारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए। उनले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिए।

रुसले के भन्यो ?

रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उनको भनाइ छ।
रुसले उक्त संयुक्त राष्ट्रसङ्घीय निकायको खुला बैठक सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो। तर उसको प्रयास असफल भयो।

नेबेन्ज्याले बाइडेन प्रशासनले तनाव र बयानबाजी गर्दै उक्साएको बताए। उनले भने, यो हाम्रो देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप मात्र होइन, यस क्षेत्रको वास्तविक अवस्था र वर्तमान विश्वव्यापी तनावका कारणबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्ने प्रयास पनि हो।

अमेरिकी चेतावनी
उनकी अमेरिकी समकक्षी थोमस ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताइन्।

तर यदि रूसले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा भयानक हुने उनले चेतावनी दिइन्। यो युरोपमा दशकौँको सबैभन्दा ठूलो सेना परिचालन हो, उनले भनिन्। ‘रूसले ती सेनाहरूसँग सामेल हुन अझ बढी सेना र हतियारहरू पठाउँदैछ।

मस्कोले युक्रेनको उत्तरी सिमानामा रहेको छिमेकी बेलारुसमा तैनाथ आफ्नो फौजलाई ३० हजार पुर्‍याउने योजना बनाएको उनले दाबी गरिन्। यसैबीच कूटनीतिक प्रयास पनि जारी छ।

रुसी राष्ट्रपति पुटिनले सोमवार फ्रान्सेली राष्ट्रपतिसँग फोनमा कुराकानी गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग मङ्गलवार वार्ता गर्दैछन्।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top