×

NEPAL TIMES UPDATES

Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026

विद्युतीय कारोबारमा ठगीका गुनासा बढे

२२ माघ २०७८

२२ माघ, काठमाडौं ।
पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

Advertisement

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिएमार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो । कारोबार तथा भुक्तनीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोडमा आधारीत भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रूपमा बढेको छ ।

आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासर्वड तथा ओटिपी विभिन्न बहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यसबारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।

केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी ईन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगी बाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।

केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आफ्नो पासर्वड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, आफ्नो पासर्वड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासर्वड गोप्य राख्न भनेको छ ।

त्यस्तै सर्वसाधारणलाई अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र त्यस्तो रकम पठाउन आग्रह गरेको छ ।

त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेशन मोबाइल वा अन्य उपकरणमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेशन प्रयोग नगर्न बैंकले सुझाएको छ ।

सामाजिक सञ्जाल लगायत प्रणालीको प्रयोग गरेर रकम भुक्तानी गर्ने बहानामा बारकोड तथा क्यूआर कोड पठाएर अथवा एप्लिकेशनको पासवर्ड आवश्यक छ भनेर माग गरेमा त्यस्ता कार्यलाई शङ्कास्पद मानेर सचेत रहन समेत राष्ट्र बैंकले सूचनामार्फत सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिएको छ । आधिकारिक वेबसाइटको सुनिश्चितता पश्चातमात्र आर्थिक कारोबार गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

विभिन्न माध्यमबाट आर्थिक कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा त्यस बारे गुनासा रहेमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवम् राष्ट्र बैंकमासमेत सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।(रासस)

भर्खरको समाचार

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

सम्बन्धित खबरहरु

Scroll to Top