पूर्वी युक्रेनमा गोली हानेर पाँच रूसी जहाज र हेलिकप्टर झारेको युक्रेनी सेनाको दाबी

१२ फागुन, एजेन्सी । युक्रेनी सेनाले गोली हानेर रूसी सैनिक जहाज र हेलिकप्टर झारिदिएको बताएको छ।

पूर्वी युक्रेनमा युक्रेनियन एयर डिफेन्सले पाँच रूसी जहाज र हेलिकप्टर झारेको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

Advertisement

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही घोषणा गरेसँगै युक्रेनले आफ्नो देशको आकाशमा नागरिक उडान बन्द गरेको छ।

यसअघि पुटिनको घोषणासँगै युक्रेनको राजधानी किएभसहित विभिन्न सहरहरूमा बिस्फोट भएका थिए।

Advertisement

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आफ्नो मुलुकमा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top