प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्मका लागि स्थगित

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

Advertisement

प्रधानमन्त्रीको आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top