एजेन्सी, साउन ३०
मुम्बई । सुपरस्टार सलमान खान बलिउडमा मात्रैं होईन संसारभर चर्चित नाम हो उनका नेपालमा पनि थुप्रै प्रशंसक रहेका छन । सलमान खानको विवाहको सवाललाई उनका प्रशंसकहरूले सधैं चर्चाको विषय बनाउँने गरेका छन ।
हालै,सलमानले आफ्नो विवाहको बारेमा एक रोचक कुराको खुलाशा गरेका छन । सलमान खानले आफुले विवाहको लागि कार्डसमेत छपाएको तर पछि केटीपक्षबाट धोका भएको प्रशंग उठाएका छन ।
यो कुरा भन्दै गर्दा उनको अनुहारमा मुस्कान अनी साथमा गम्भिरता पनि देखिएको थियो । सुपरस्टार खानले आफ्नो टिभी शो दश का दममा यस्तो खुलाशा गरेका हुन ।
हो, शो को समयमा एक प्रशंगमा सलमानले आफ्नो विवाहको बारेमा मुस्कुराउँदै हँसिलो मुद्रामा यस्तो कुराको जानकारी दिएका हुन । सलमान खान पछिल्लो समय आफ्नो चलचित्र भारतको सुटिगंमा व्यस्त छन । उनको बिग बोस टेलिभिजन शो पनि चाडैं दर्शकले हेर्न पाउँने भएका छन ।