×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसीले प्रचण्ड र नेपालको अवसरवाद उदाङ्गो पारेको छः प्रदीप ज्ञवाली

१६ फाल्गुन २०७८

१६ फागुन, धनगढी । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।

Advertisement
Advertisement

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार ग¥यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’

उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।

अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् ।

एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारी लाग्न आहृवान पनि गरेका छन् ।

पत्रकारहरूले एमालेको अवरोधका बीच पनि सांसद भीम रावलले एमसीसीको छलफलमा भाग लिएको विषयमा पार्टीले के गर्छ ? भनेर राखिएको जिज्ञाशामा उनले पार्टीको निर्णय र नीति विपरीत गरिएका कामको गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिइने बताए ।

Advertisement

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुुगेका ज्ञवाली सोमबार काठमाडौं फर्किंदैछन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top