१७ फागुन, बीबीसी ।
रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतवार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन्।
सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ। उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्।
“धेरै मानिस मारिएका छन्। अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गररहेका छौँ,” टेलिग्राममा उनले लेखेका छन्।
“तर शत्रुहरूले पनि पाउनुपर्ने फल पाएका छन्,” उनले थपेका छन्। उनका अनुसार डहरमा “धेरै रुसीका शवहरू” पनि देखिएको छ।
यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ।
