×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

रूस–युक्रेन द्वन्द्वग्रस्त क्षेत्रबाट हालसम्म ५११ नेपालीहरु सुरक्षित गन्तव्यमा पुगे

२० फाल्गुन २०७८

२० फागुन, काठमाडौँ । रूस–युक्रेन द्वन्द्वग्रस्त क्षेत्रबाट अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए।

Advertisement

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ माल्दावा पुगेका हुन् ।

हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन्। उद्धार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।  युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको जानकारी दिए ।

उनले अप्ठ्यारोमा परेका नेपालीलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको जानकारी दिए।

उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्दार कार्यमा सकृय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियामा आयोजित एक सम्मेलनमा सहभागी भएर युद्व प्रभावित नेपालीहरुको समस्याका बारेमा जानकारी दिए।

विश्वभरका एक सय भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीलाई सहयोग गर्न आग्रह गरेका थिए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिए। उनले उद्धारको लागि आग्रह गर्ने नेपालीको संख्या ह्वात्तै कम हुँदै गएको र अवस्था सामान्य बन्दै गएको बताए। उनले केही नेपाली युद्वको क्रममा हराईरहेको आशंकासमेत रहेको बताए ।

गैरआवासीय नेपाली संघ स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेष्टुरेन्टमा बनाएको सेल्टरमा नेपालीलगायत अन्य देशमा नागरिकलाई समेत राखेर मानवीय सहयोग गरेको जानकारी दिए।

उनले भारतीय, बंगलादेशी र सेनेगलका नागरिकलाई समेत सेल्टर दिएका छन्। उद्धार समितिले युक्रेनबाट विस्थापित नेपालीको नियमित तथ्यांक संकलन गर्दै आएको रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top