रुस र युक्रेनले आज नयाँ चरणको वार्ता गर्दै

३० फागुन, काठमाडौँ । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् ।

दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् ।

Advertisement

‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ।’

पोडोलियाकको ट्विटले पुनः वार्ता हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई समेत पुष्टि गरेको छ ।

Advertisement

यसअघि रुसी समाचार माध्यमले पेस्कोभलाई उदृत गर्दै सोमबार पुनः वार्ता सुरु हुने जनाएका थिए ।

रुसी र युक्रेनी सेनाबीच १९ दिनदेखि लडाइँ जारी छ । उक्त लडाइँ अन्त्य गर्ने प्रयास स्वरुप यसअघि भएका वार्तामा प्रगति भएको दुवै पक्षले दाबी गरेका छन् । सोही दाबीबीच पछिल्लो चरणको वार्ता हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top