मनहरीमा बस दुर्घटनाः २ जनाको मृत्यु ९ घाइते

३ चैत ७८, शुक्रबार

४ चैत्र, मकवानपुर ।
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ , भुल्चोकमा आज बिहान अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको बस पल्टिएको हो ।

दुर्घटनामा सहचालक नुवाकोट, तारकेश्वर गाउँपालिका वडा नम्बर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चितवनस्थित अस्पतालमा लगिएको छ । बस चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर पल्टिए पनि अरू कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

‘हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्य भयो । चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ थापाले भने, ‘बसमा कति यात्रु थिए भन्ने एकीन विवरण छैन । दर्जनभन्दा बढी घाइते भएका छन् । कति घाइते त आफैँ अस्पताल जानु भएको छ ।’

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top