आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

५ चैत ७८, आइतबार

६ चैत्र, कास्की ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले आफ्नै बलमा चुनाव लड्ने बताएका छन् ।

आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै दाहालले माओवादी केन्द्र परिवर्तनको बाहक भएकाले माओवादी अन्य दलसँग नभइ अन्य दल माओवादीसँग चुनावी तालमेल गर्न आउने बताए । दाहालले जनतामा माओावदीप्रतिको उत्साह थपिँदै गएकाले अझै एकपटक माओवादीलाई भोट दिनुपर्छ भन्ने भावना फैलिएकाले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने बताए ।

‘देशभरिको उभार हेर्दा अब हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढिसकेका छौं । संविधान, देश, लोकतन्त्र र शान्ति प्रक्रियाको संरक्षण गर्ने माओवादीले नै हो भन्ने चेतना जनतामा छ,’ उनले भने, ‘देशलाई ठूला ठूला राजनीतिक दुर्घटना हुनबाट माओवादीले जोगाएको छ । पीडित, महिला, मधेसी, दलित, अल्पसंख्यकलाई संरक्षण गर्ने माओवादी नै लोकतन्त्र र शान्ति प्रक्रियाको सम्भार हो ।’ देश निर्वाचनमा गइसकेकाले निर्वाचन सफल बनाउन सबैजना आ–आफ्नो ठाउँबाट सरिक हुनुपनि उनले अनुरोध गरेका छन् ।

उनी निर्वाचन केन्द्रित प्रशिक्षणको लागि पोखरा आएका हुन् । आठौं महाधिवेशन र केही दिनअघि बसेको पार्टी केन्द्रको बैठक सार्वजानिक गरिने उनले बताए । ‘निर्वाचनमा कसरी जाने भन्ने चासोको कुरा छ,’ उनले भने, ‘दुविधा नगरी बस्नुस् । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर होइन आफ्नै खुट्टामा उभिने गरी तयारी गर्नुस् । संघीय शासन प्रणलीको रक्षाको निम्ति पनि आफ्ना संगठन बलियो बनाउनुपर्छ ।’

विगतका दिनमा अलोकतान्त्रिक तरिकाले संसद् विघटन गर्ने कार्य भएको बताउँदै उनले स्थानीय सरकार बनाउनेमा माओवादी केन्द्रको ठूलो भूमिका रहेको बताएका छन् । सिंहदरबार गाउँगाउँमा पुर्‍याउने तरिकारले नै स्थानीय तहको अवधारण ल्याएको उनको भनाइ थियो ।

उनका अनुसार राजनीतिकरुपमा मात्र होइन विकासको अवधारणले पनि स्थानीय तह बनाइएको हो । ‘समाजावद उन्मुख राज्य बनाउने जग पनि स्थानीय सरकार नै हो,’ उनले भने, ‘माओवादीको मुख्य भूमिका भएका नाताले संरक्षणमा पनि माओवादीकै भूमिका रहनेछ ।’

गत वर्ष फरक प्रवृत्ति र दुई विचारसँग लडाइँ गर्दै निर्वाचनमा होमिएको उनको तर्क थियो । अहिले पनि एउटा धारणाले संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नखोजेको बताए । दुईरदुईपटक सदन विघटन गर्नु भनेको संविधान विघटन गर्न खोजिएको उनले प्रष्टाए ।

संसद् विघटनपछि संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने उद्देश्यले नै गठबन्धन गरिएको बताउँदै उनले आगामी निर्वाचनमा पनि गठबन्धन नै कायम रहने बताए । पार्टीभित्र विभिन्न सोच, विचार भए पनि मुल नेतृत्व गठबन्धनमै जानेमा प्रष्ट रहेको उनले जनाए ।

एमसीसीतर्फ फर्किँदै उनले २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री अमेरिका गएर आएपछि २–३ वटा विवादास्पद मुद्दा बाहिर आएको बताउँदै भने, ‘आईपीसी र एमसीसी पनि एक हुन् । तत्कालीन नेकपाको बैठक बसेर यस विषयमा प्रतिकार गर्‍यौं । मेरो नेतृत्वमा बैठक बसेकाले सफल भयो ।

त्यसपछि ओलीजीले गुटबन्दी सुरु गर्दै संसद् विघटनसम्म पुग्नुभयो । हामीले एससीसी पारित नगर्ने पक्षमा थियौं । कांग्रेस प्रतिगमनसँग मिलेर जाने जस्तो देखियो । मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन र भइरहेको गठबन्धनलाई टिकाउन अन्तर्राष्ट्रिय कानुनका विज्ञसँगको सल्लाहमा व्याख्यात्मक टिप्पणीसहित पारित गरियो ।’

उनले सार्वभौम सत्ताको विषयमा यदि तोडमोड भए विरोध गर्ने र खारेज गर्ने ठाउँ रहेको प्रष्टाएका थिए । यसलाई भिएना सन्धिले पनि मान्यता दिएको र अमेरिकाले पनि स्वीकारेको उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top