×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लेटाङमा हिंसा भड्कीन नदिन बिहानैदेखि कर्फ्यू आदेश

७ चैत्र २०७८

 चैत, विराटनगर। फागुन लेटाङमा हिंसा भड्कीन नदिन बिहानैदेखि कर्फ्यू आदेश विराटनगर, ७ फागुन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

थप हिंसा भड्कीन नदिन बिहान ७ बजेदेखिनै लेटाङका विभिन्न वडामा कफ्र्यु आदेश जारी भएको हो । अर्को आदेश नहुञ्जेल सम्मका लागि लेटाङ नगरपालिका ३ र ४ नम्बर वडाको गंगेचोक, कमलपुर, लेटाङ–५ को सवै, ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोलासम्म कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई जोगाउन खोजेको आरोप लगाउँदै प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । झडपमा गम्भीर घाइते भएकी उनको आइतबार राति कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रोशित भिडले श्रेष्ठको घाँटीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपमा अन्य १८ प्रहरीसहित २० जना घाइते भएका छन् । एसपी जनार्दन जीसी पनि घाइते भएका छन् । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित स्थानीय र विद्यार्थीले ती शिक्षक र जनप्रतिनिधिलाई विद्यालयमा थुनेका थिए । उनीहरूलाई थुनेर आगो लगाउने प्रयास गरेको जानकारी पाएपछि प्रहरी विद्यालयमा पुगेको थियो । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेर ल्याउन लाग्दा स्थानीयले रोकेको थिए ।

Advertisement

प्रहरीले विद्यालयमा बन्धक बनाइएकाहरूको उद्धार गरेको थियो भने आरोपीलाई पक्राउ गरेको थियो । तर, स्थानीयले प्रहरी घटना सामसुम पार्न लागेको भन्दै आरोपित शिक्षक आफ्नो जिम्मा लगाउन भनेका थिए । प्रहरीले शिक्षक उनीहरूको जिम्मा लगाउन नमानेपछि प्रहरीमाथि नै आक्रमण गरेको प्रहरीको भनाइ छ । अहिले कफ्र्यु आदेश जारी भएको लेटाङमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले अहिले अवस्था सामान्य रहेको जानकारी दिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top