८ चैत्र, विराटनगर ।
नेपाल इन्स्योरेनस कम्पनीले सेयरधनीलाई दिने लाभांशबारे प्रस्ताव गरेको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७८९ प्रतिशतले हुने ७१ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।
यसलाई बीमा समितिले स्वीकृत गरेर कम्पनीकै आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुने कम्पनीले जनाएको छ।
कम्पनीको आव ०७७-०७८ का लागि हाल कायम चुक्ता पुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५ सय ६४ रुपैयाँ रहेको छ।
