अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छः प्रचण्ड

७ चैत ७८, मंगलबार

८ चैत्र, जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन्।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले नागरिकता विधेयक पारित हुने बताएका हुन्। लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ। जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन्।

फरक प्रशंगमा अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादीलाई पनि गठबन्धनमा ल्याउन कुरा भइनसकेको पनि बताए। लोसपालाई गठबन्धनमा ल्याउन कुरा भएको छैन। लोसपाका नेताहरुले प्रधानमन्त्रीसँग कुरा गरेको सुनेको छु, उनले भने, हामी गठबन्धनलाई अघि बढाउँछौँ तर दलहरु थपिने कुराबारे बैठकमा केही भएको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top