×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कलेजका विद्यार्थीलाई पनि योग शिक्षा

८ चैत्र २०७८

८ चैत्र, विराटनगर ।

विराटनगर स्थित शिक्षादीप कलेजले अब विद्यार्थीहरुलाई योग शिक्षा समेत दिने भएको छ ।

Advertisement
Advertisement

विद्यार्थीहरुलाई पाठ्यक्रम अनुशारको कितावी ज्ञान सँगसँगै स्वस्थ्य जीवनका लागि कलेजले योग प्रशिक्षण सुरु गरेको हो । यसका लागि कलेजले छुट्टै योगअभ्यास सभाहलको समेत निमार्ण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ‘योग प्रशिक्षण तथा सभाहलको’ उद्घाटन गरिएको छ ।

भारतको हरिद्वारबाट आएका देवा दीपा र साधवी द्विविजयाले ‘योग प्रशिक्षण तथा सभाहलको’ उद्घाटन गरेका हुन । विद्यार्थीहरूको शैक्षिक, मानसिक, शारिरीक, आध्यात्मिक तथा समग्र व्यक्तित्व विकासका लागि योग प्रशिक्षणको आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताएका छन् ।

पतंजली योग समिति मोरङको प्राविधिक सहयोगमा कलेजले योग शिविर सुरु गरेको हो । योग शिविरमा विद्यार्थीहरूलाई साधवी दीपा र द्विविजयाले प्रशिक्षण दिनेछन् । योग शिविरको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले असल र स्वस्थ्य ब्यक्ति बन्नका लागि योग अपरिहार्य रहेको बताए ।

Advertisement

असल ब्यक्ति बन्न अध्यात्म ज्ञानको आवश्यकतामा जोड दिदै पराजुलीले योगले समग्र रुपमा असल मनुष्य बनाउने बताए । उद्घाटन कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, पंतजली योग समिति मोरङका अध्यक्ष धुब्र तामाङ लगायतले योग शिविरका लागि शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top