पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित

८ चैत, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए ।

टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई समर्पित गरे । उनले भने, ‘टिम बिना म केही होइन, सबै टिमकै कारण संभव भएको हो ।’

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला आयोजना भएको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गरेको हो ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।

Advertisement

पछिल्लो एक दशकमा नेपालको पुरुष क्रिकेट टिमले आईसीसी टी२० विश्वकप खेल्यो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा डेब्यु गर्दा पारसकै कप्तानीमा नेपालले खेलेको थियो ।

यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पारसकै कप्तानीमा पाएको थियो ।

पारसकै कप्तानीमा नेपालले सन् २०१९ मा युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र टी२० श्रृंखला जितेको थियो । त्यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो श्रृखंलामा नेपालले एक खेल जित्दा पारस नै कप्तानीमा थिए ।

पछिल्लो दशक नेपालले अन्तर्राष्ट्रिय त्रेकमा हात पारेको सबै सफलतामा पारस त्यसको साक्षी दिए । पारसले सर्वाधिक चार पटक पल्सर अवार्डमा समेत उत्कृष्ट भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top