×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

८ चैत्र २०७८

८ चैत, काठमाडौँ । नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताए ।

Advertisement
Advertisement

उनका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ ।

नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको उप्रेतीले बताए ।

सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको उनको भनाइ छ । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने पनि मौसमविद् उप्रेतीले बताए ।

अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम बद्ली भएको छ । स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको र सामान्य हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार काठमाण्डौ उपत्यकासहित धादिङ, काभ्रे, गोरखा, पोखरा आसपासको क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । प्रि–मनसुनको समयमा दिउँसोपख घाम लागे पनि बेलुकातिर हावाहुरी र चट्याङसहित पानी पर्ने गर्छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top