×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिंसा र बलात्कार न्यूनीकरण गर्नेबारे संयन्त्र बनाउने मन्त्री रेग्मीको प्रस्ताव

१० चैत्र २०७८

१० चैत, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा र बलात्कार न्यूनीकरण गर्नेबारे अनौपचारिक संयन्त्र बनाउने प्रस्ताव गरेकी छन् ।

बिहीवार राजधानीमा आयोजित ‘यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

Advertisement
Advertisement

‘हत्या, हिंसा र बलात्कार धेरै भयो । न्यूनीकरण गर्नेबारे कानुन निर्माणमा सघाउने गरी अनौपचारिक संयन्त्र बनाऔं,’ उनले भनिन् ।

यस्तो संयन्त्र राष्ट्रिय महिला आयोग अन्तर्गत राख्न सकिने उनले बताइन् । मन्त्रालयकै कर्मचारीबाट असहयोग हुने भएकाले अनौपचारिक संयन्त्र बनाउने सोच आएको उनले सुनाइन् ।

‘केही गर्छु भनेर यो मन्त्रालय रोजेर आएको, मन्त्री भएपछि अनुभव गरें– कोही कर्मचारी कहिले जाला घाम भन्ने सोचका । महिला कर्मचारी नै पनि पछि केही पर्ला कि भनेर सही गर्न डराउने,’ उनले भनिन् ।

यसैविच, मन्त्री रेग्मीले राष्ट्रपतिलाई भेट्न नपाएको गुनासो पनि गरिन् । ‘महिला दिवसमा प्रमुख अतिथि बनाउन भेट्न खोजें तर पाइनँ । पछि खबर आयो समय नभएको भन्ने आयो,’ उनले भनिन् ।

Advertisement

मन्त्री रेग्मीले महिला राष्ट्रपति भए पजि पूर्वाग्रह राखेर भेटका लागि समय नदिएको हुन सक्ने उनले बताइन् । ‘आग्रह र पूर्वाग्रह राख्ने । मैले कांग्रेस खोजेर हिंड्ने । समस्या यहाँ पूर्वाग्रह राख्नेमा छ,’ उनले भनिन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top