काठमाडौं, २१ चैत । कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि नै बुस्टर डोज लगाइने भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो मात्रा लगाएको तीन महिनापछि बुस्टर डोज खोप दिने निर्णय गरेको हो ।
यसअघि पूर्ण मात्रा लगाएको ६ महिनापछि बुस्टर डोज दिने भनिएको थियो । पछिल्ला विभिन्न अध्ययन अनुसन्धानले तीन महिनापछि बुस्टर डोज दिन मिल्ने देखिएको र राष्ट्रय खोप सल्लाहकार समितिको सिफारिसको आधारमा मन्त्रालयले तीन महिनापछि बुस्टर डोज दिने निर्णय गरेको हो ।

