अमेरिकाले लगायो पुटिनका छोरीहरुलाई समेत प्रतिबन्ध

२३ चैत ७८, बिहीबार

काठमाडौं, तैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि परेका छन् ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम पुग्ने छैन । साथै कुनै पनि अमेरिकीले यी बैंकहरुबाट कारोबार गर्न सक्ने छैनन् ।साथै अमेरिकाले प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसबाट जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख गरिएको छ । यद्यपि नाम भने उल्लेख छैन । तर मिडिया रिपोर्टका अनुसार त्यो भनेको रुसी राष्ट्रपति पुटिनको पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभा हुन् ।

१९८५ मा जन्मिएकी वोरोत्सोभा एक एन्डोक्राइनोलोजिस्ट र एक मेडिकल कम्पनिकी मालिक हुन् । यसैगरी १९८६ मा जन्मिएकी तिखोनोभा शिक्षा र व्यापारमा संलग्न छिन् । उनी प्रतिभाशाली डान्सर पनि हुन् । उनले अन्तर्राष्ट्रिय रक एण्ड रोल प्रतियोगितामा भाग लिने गर्दछिन् ।

Advertisement

यस प्रतिबन्धपछि पुटिन परिवारका सदस्यहरुको अमेरिकामा रहेका सम्पत्ति जफत हुने छ । साथै अमेरिकाबाट कुनै पनि प्रकारको कारोबार गर्न रोक लाग्ने छ । ह्वाइट हाउसका अनुसार अमेरिकी वित्त विभागले रुसका अन्य कम्पनीहरुलाई पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top