एमाले समर्थित वाणिज्य महासंघको केन्द्रीय सदस्यमा अरुण राठी

२४ चैत ७८, शुक्रबार

विराटनगर, २५ चैत । नेकपा एमालेको जनसंगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी अरूणकुमार राठी निर्वाचित भएका छन् ।

Advertisement

यही चैत २३ र २४ गते काठमाडौंमा सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राठी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित राठी नेकपा एमालेको जनसंगठन नेपाल वामपंथी युवा संगठनको मोरङको जिल्ला अध्यक्ष समेत हुन् ।

Advertisement

केन्द्रीय सदस्यमा निर्वाचित राठीले राष्ट्रिय उद्योग वाणिज्य महासंघमा रहेर आफूले यस क्षेत्रका उद्योगी व्यवसायीको हितका लागि आफ्नो स्थानबाट भूमिका खेल्ने बताएका छन् । राठी लामो समयदेखि उद्योग व्यवसायमा सक्रिय छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top