‘तपाईँको स्वास्थ्यः हाम्रो अठोट’ नाराका साथ आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

२५ चैत, काठमाडौँ । आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

उनले देश विकासको सूचक नागरिकको स्वास्थ्यसँग गाँसिएको भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न लागिपरेको बताएका छन् ।

पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार सङ्ख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।

अरु परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेको आधारमा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क छ ।

पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप सात सय बुझाउनुपर्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top