इन्डियन प्रिमियर लिगः आज पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स् खेल्दै

२५ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ ।

Advertisement

मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो।

गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ ।

Advertisement

आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ स्थानमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top