×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

२५ चैत्र २०७८

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा रहेका गठबन्धनमा आवद्ध माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनामोर्चामा छट्पटी सुरु भएको हो ।

सवै वडाका वडासभापति सहित बसेको नेपाली कांग्रेस विराटनगर महानगरसमितिको बैठकले वडातह सम्मै गठबन्धन नगर्ने निर्णय गरेको थियो । सो निर्णयपछि गठबन्धनका अन्य दल आफुहरुको अपमान गरेको भन्दै गुनासो गर्न थालेका छन् ।

Advertisement

गठबन्धनकै बलमा विराटनगरमा कमजोर अवस्थामा रहेका माओवादी केन्द्र र नेकपा (एस) र आफ्नो अस्तित्व स्थापित गर्ने दाउमा थिए । तर, कांग्रेसले भाउ नदिएपछि उनीहरु निरास बनेका छन् । विराटनगरमा माओवादी केन्द्र र नेकपा (एस) भन्दा जनता समाजवादी पार्टी बलियो अवस्थामा रहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको सभापति दिपक चापागाईँले जानकारी दिए । ‘हामी विराटनगरमा एक्लै चुनाब लड्ने निर्णय गरेका छौँ । कुनै पनि पदमा अन्य दलसँग गठबन्धन हुँदैन ।’ उनले भने,‘सवै वडाका सभापतिसहिको बैठकबाट हामीले संस्थागत निर्णय गरेका छौँ । त्यसै अनुसार हाम्रो चुनावी तयारी छ ।’ मोरङकै सुनवर्षी नगरपालिकामा पनि नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । केन्द्रको निर्देशन विपरित कांग्रेसका स्थानीय समितिहरुले निर्णय गर्दै जान थालेपछि सत्ता गठबन्धनमा आवद्ध अन्य दलहरु रुष्ट भएका छन् । उता केन्द्रमा भने सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो । बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइन्छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top