निर्वाचन आचारसंहिता आजदेखि लागू

२५ चैत ७८, शनिबार

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।

आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध ढंगले मताधिकार प्रयोग गरी लोकतन्त्र सुदृढीकरण गर्न सबैले प्रयास गर्नुपर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लघंनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना र दण्ड सजाय गराउने वा उम्मेदवारी रद्दसमेत गर्न सक्ने बताए ।

‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्सनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने सन्दर्भमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्छ’, आयोगका प्रवक्ता पौडेलले भने ।

निर्वाचन आयोगले आचारसंहिता अनुसार दल र उम्मेदवारले मात्रै सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने जनाएको छ ।

त्यस्तै निर्वाचन प्रचारका लागि झोला, क्याप, टिसर्ट लगायतका सामाग्री बनाउन वा वितरणसमेत गर्न नपाउने व्यवस्था आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top