NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

म मेयर बने जनताले सम्झिरहने काम गर्नेछु : उमेश यादव

शनिबार चैत्र २६ , २०७८
Reading Time: 1 min read
A A
म  मेयर बने  जनताले सम्झिरहने काम गर्नेछु : उमेश यादव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदावार उमेश यादवले कडा टक्कर दिएका थिए । सो निर्वाचनमा धेरै मत बदर हुँदा आफु तेस्रो स्थानमा सिमित बनेको उनी बताउदै आएका छन् । आगामी निर्वाचनमा पुनःजनता समाजवादी पार्टी (जसपा) को तर्फबाट विराटनगरमा मेयर पदको उम्मेदवार बन्ने यादवको आकांक्षा राखेका छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा नेपाल टाईम्सका किशोर विश्वकर्माले नेता यादवसँग गरेको कुराकानीको सम्पादित अंश ।

जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगरमा मेयरको उम्मेदवार को हो ?

पार्टीले निकट भविष्यमै निर्णय गर्छ । पार्टीको बैठकले निर्णय गर्दै सर्कुलर पठाएको छ । जनता र कार्यकर्ताले के निर्णय गरेर पठाउँछन् पार्टीको सिस्टमबाट उम्मेदवार तय गर्ने हो । अब हेर्दै जाऔँ यो महिनाको अन्तिम सम्ममा पार्टीले उम्मेदवार तय गरिसकेको हुन्छ । पार्टीले कसलाई उम्मेदवार बनाउने भनेर वाच गरिरहेको छ पार्टीमै निर्भर हुन्छ नि ।

LS Auto

अघिल्लो निर्वाचनमै पराजित तपाईले यसपटक पनि उम्मेदवारको आकांक्षा राख्नुभएको हो ?

अब पार्टीले बनायो भने म उम्मेदवार हो । सम्भवतः मलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने हो । पार्टीले वडाबाटै सिफारिस हुने मापदण्ड बनाएको छ । आम कार्यकर्ताले मलाई चाहेका छन् भने मै उम्मेदवार हुन्छु । यदि चाहेको छैनन् भने अब पार्टीले के निर्णय गर्ला त्यही हो ।

विराटनगरको मेयर पदको उम्मेदवारका रुपमा यहाँको दावेदारी किन?

२०७४ को निर्वाचनमा म उम्मेदवार नै थिइन । उम्मेदवार भनेर कामै गरेको थिइन । म त्यतिबेला प्रतिनिधिसभामा क्षेत्र नम्बर ५ बाट उठ्ने तयारीमा थिए । त्यही अनुसार त्यतिबेला ६ वटा वडाको रिजल्ट हेर्दा पनि त्यो कुरा प्रष्ट हुन्छ । अन्तिम अवस्थामा पार्टीले तपाईँ मेयरमा लड्नुपर्छ भनेपछि मेयरमा लडे । तीन गते बेलुका निर्णय भयो, ४ गते नोमिनेशन भयो, १४ गते चुनाव भयो । जहा कि मैले तयारी नै गरेको थिइन । त्यो सर्ट पिरियडमा त्यतिबेला १६ वटा वार्ड मध्ये ६ वटा वडामा मात्र काम गरेको थिएँ त्यहाँ रिजल्ट देखि हालिएको छ । मैले त अहिले १९ वटै वडामा काम गरिरहेको छु । पार्टीभित्र मेयरको दावेदारी पनि छ, जनताले पनि चाहेको छ, काम पनि गर्दै आएको छु त्यहि अनुसार आफै अनुमान लगाउनु सक्नुहुन्छ मेरो अवस्था भोलिको दिनमा के रहला भन्ने कुरा । किनभने ६ वटा वार्डमा काम गरेको अवस्था र १९ वटै वडामा काम गरेको अवस्थामा अनुमान लगाउन सकिन्छ ।

जनता समाजवादी पार्टीबाटै धेरैले मेयरमा आकांक्षा राखिरहँदा तपाई आफुलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
अरु साथीहरुले पनि इच्छा राख्नु स्वभाविक र सामान्य कुरा हो । जसरी म पार्टीको एउटा कार्यकर्ता हो, मैले उम्मेदवारीमा दावेदारी गर्न पाउँछु भने अरु किन दावेदारी गर्न नपाउने ?जतिले दावेदारी गर्नुभएको छ उहाँहरुलाई पनि मेरो धन्यवाद र शुभकामना छ । तर, ती मध्येबाट कसलाई छान्ने हो पार्टी र कार्यकर्ताको सिफारिस बमोजिम हाइकमाण्डले निर्णय गर्ने कुरा हो । यसमा मलाई कुनै दुईमत छैन । स्वभाविकरुपमा सवैले हार्दिक प्रतिष्पर्धा गर्न पाउँछ ।

तपाईले विराटनगरको मेयरका लागि पार्टीबाट उम्मेदवारको टिकट पाउने कुरामाकत्तिको विश्वस्त हुनुहुन्छ ?

म निश्चीत छु, ढुक्क छु ।काम गरिरहेको छु । पार्टी र जनताले यसपालि उचित मुल्यांकन गर्छन् भन्ने मलाई लाग्छ ।

त्यसोभए अहिले कस्तो तयारी गरिरहनुभएको छ ?
हाम्रो पार्टीले अहिले वार्ड इकाई कमिटी मार्फत हामीले टोल कमिटीहरु गठन गर्दैछौँ । हामी जनता र कार्यकर्ताको घर–घरमा गइरहेका छौँ । जनताले पनि बोलाई रहनुभएको छ, हामीपनि पुगिरहेका छौँ र अब आउने निर्वाचनमा जसपाका उम्मेदवारलाई, चुनावचिन्ह छाता छापलाई जिताएर, मेयर बनाएर विराटनगरमा देखिएको जुन असमानता छ, त्यसलाई अन्त्य गर्छौँ । चारैतिर हेर्दाखेरी भेदभाव रहितको विराटनगर हामी निर्माण गर्छौँ ।

तपाई उम्मेदवार बनेर निर्वाचित हुनुभयो भने विराटगरका लागि के गर्नुहुन्छ ?
विराटनगरका अहिलेका मेयरले जनताले खोजे अनुसार केहीपनि गर्न सकेनन् । विकास निर्माणकै काम हेर्नुहुन्छ भने केहीपनिभएको छैन । २०७४ सालको निर्वाचनभन्दा अगाडीनै सुरु भएको एडिबि प्रोजेक्ट हो । त्यो, हाम्रै जग्गामा छ ।हामीले एकदमै सस्तो मुल्यमा त्यो जग्गा दिएका थियौँ, यदि नदिएको भएत्यो प्रोजेक्ट फर्केर जानेथियो । त्यतिबेला गोपाल रेग्मी कार्यकारी अधिकृत हुनुहुन्थ्यो उहाँले त्यो प्रोजेक्ट नल्याएको भए अहिले नाला सहितको पिच रोड एउटै हुने थिएन । त्यो प्रोजेक्ट बाहेक विराटनगरमा के गरिएको छ आफै मुल्यांकनगर्न सकिन्छ । शिक्षामा अहिलेका मेयरले के के परिवर्तन गरे ?जनताको घरसम्म स्वास्थ्य सेवाको पहुँच हुनुपर्छ भनेर निकै खोक्रो आश्वासन बाँडेका थिए के गरे ? सुकुम्बासी समस्याहरु कत्तिको समाधान गरे ? युवाहरुलाई स्वरोजगार मुलक अभियानहरु के–के ल्याए भन्ने आफै मुल्यांकन हुन्छ र वर्तमान मेयर जाँदै गर्दा खेरी पाँच वर्षमा विराटनगरमा फलानाको कार्यकालमा यो काम भएको थियो भन्ने एउटामात्र काम देखाइदिनुस् म सन्तुष्ट हुन्छु ।

त्यसो भए तपाई निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ?महानगरवासीलाई स्पष्ट खाका बताइ दिनुहोस् न ।

मैले अहिलेनै यो–यो गर्छु भनेर बोलि हाल्नु धेरै हतार हुनेछ । तर, म मेयर भएँभने विराटनगरमा फलानाको पाँचवर्षे कार्यकालमा मेयर हुँदाखेरी जनताले पछिसम्म याद राख्नेछन् ।

तपाईले चुनावजित्ने आधार के हो ?
२०७४ सालकै परिणाम हेर्नुहोस् १० दिनको अवधिमात् यतिबेला कांग्रेस र एमाले महिनौँदेखि चुनावको तयारीमा थिए । घरदैलोमा थिए ।हाम्रो पार्टी त्यतिबेला आन्दोलनमा थियो । चुनावहुनु हुदैन र भागलिदैनौँ भनेर हाम्रो पार्टी सडकमा थियो । तर, अन्तिम आवरमा सहमति भयो र चुनावमा जानुपर्छ भनेर हाम्रो पार्टीले निर्णय ग¥यो र १० दिनको भित्रमा यस्तो रिजल्ट आयो जनताले हामीलाई यतिभारी मतजनताले हामीलाई दिनुभयो, तर धेरै मत बदर भयो जुनहाम्रो कमजोरी हो । त्यसबाट अनुमानलगाउन सकिन्छ र जनताबाटै सवैकुरा थाहा हुन्छ । एकपटक जनताकै कुरा सुनिदिनुहुन म हार्दीक आग्रह गर्दछु ।

तर, जनता समाजवादी पार्टी विभाजित अवस्थामा छ नि?
जनता समाजवादी पार्टी विभाजित भएकै छैन । जतिबेला म उम्मेदवार थिएँ त्यतिबेला संघीय समाजवादी पार्टी थियो । त्यसपछि राजपा मिलेर हामीजनता समाजवादी पार्टी भयौ । एकताभएर जनता समाजवादी पार्टी भइसकेपछि केहीव्यक्तिहरुले चोइटिएर गएर एउटा नयाँ पार्टी निर्माण गरेका छन् । हामी विभाजितभएका छौँ कि शशक्त भएका छौँ आफै अनुमान लगाउन सक्नुहुन्छ र यसपालिको निर्वाचनमा त्यो छर्लङ्ग देखिनेछ।

तपाईहरु एक्लै निर्वाचनमा लडेर अहिले देखिएका ठूला दलसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था छ ?
ठूला दलकसले बनाएको हो ?त्यो जनताले नै बनाएको हो । हिजोका दिनमा ४६ साल पछाडि कांग्रेलाई जनताले ठूलो दल बनाएको हो तर त्यहि जनताले अहिले कांग्रेसलाई कहाँदेखि कहाँ पु¥याएका छन् । २०७४ को निर्वाचनमा एमालेलाई दुईतिहाई मतदिएर पठाए जनताले । अहिले एमालेको अवस्था कहाँ छ । जनताभन्दा ठूलो कोही पनि हुन सक्दैनन् । दल नेता बनाउने जनता हो । म जनताको प्यारो हो, मलाई जनताले माया गरे भने मलाई ठूलो बनाइ दिन्छन् ।

निर्वाचनमा गठबन्धनको चर्चा चलिरहेको छ । गठबन्धन हुँदा जसपाले विराटनगरको मेयर छाड्नुपर्ने अवस्था आयो भने ?
गठबन्धन हुँदाह हामीले विराटनगर छाड्नु पर्ने अवस्था आउँदैन । विराटनगरसँग कुनैपनि किसिमका सम्झौताहुँदैन । बरु हाम्रो कांग्रेससँग भन्दापनि माओवादी, नेकपा (एस) बिच मात्र गठबन्धन हुने सम्भावना छ । विराटनगरको हकमा कांग्रेस र एमालेसँग कुनै पनि किसिमका सम्झौता हुँदैन ।

यदि पार्टीले केन्द्रले निर्णय ग¥यो भने के गर्नुहुन्छ ?
यदित्यस्तो भयो भने विराटनगरका लागि दुर्भाग्य हुनेछ । यस विषयमा धेरै कुराहरु अहिले बोल्नु मलाई उचित लाग्दैन । न हुने कुरामा किन बढी बोल्ने ?

तपाई निर्वाचनको माहोल आफ्नो पक्षमापार्न व्यक्तिगतरुपमायतिबेला के गर्दै हुनुहुन्छ ?

मैले टोल टोलमा जाने हो । जनताको बीचमा जाने हो ।जनताको समस्या र मागहरु बुझिरहेको छु । जनतानै भगवान र सवैभन्दा ठूलो शक्ति हो । म यहाँको स्थानीय धर्ती पुत्र हुँ । जनताले उमेश यादव पहिले देखिनै राजनीति गर्दै आएको व्यक्ति हो भनेर बुझेका छन् । जनताको बीचभन्दा अरुतिर जाने ठाउँ केहीपनि छैन ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.