×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

म मेयर बने जनताले सम्झिरहने काम गर्नेछु : उमेश यादव

२६ चैत्र २०७८

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदावार उमेश यादवले कडा टक्कर दिएका थिए । सो निर्वाचनमा धेरै मत बदर हुँदा आफु तेस्रो स्थानमा सिमित बनेको उनी बताउदै आएका छन् । आगामी निर्वाचनमा पुनःजनता समाजवादी पार्टी (जसपा) को तर्फबाट विराटनगरमा मेयर पदको उम्मेदवार बन्ने यादवको आकांक्षा राखेका छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा नेपाल टाईम्सका किशोर विश्वकर्माले नेता यादवसँग गरेको कुराकानीको सम्पादित अंश ।

जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगरमा मेयरको उम्मेदवार को हो ?

Advertisement
Advertisement

पार्टीले निकट भविष्यमै निर्णय गर्छ । पार्टीको बैठकले निर्णय गर्दै सर्कुलर पठाएको छ । जनता र कार्यकर्ताले के निर्णय गरेर पठाउँछन् पार्टीको सिस्टमबाट उम्मेदवार तय गर्ने हो । अब हेर्दै जाऔँ यो महिनाको अन्तिम सम्ममा पार्टीले उम्मेदवार तय गरिसकेको हुन्छ । पार्टीले कसलाई उम्मेदवार बनाउने भनेर वाच गरिरहेको छ पार्टीमै निर्भर हुन्छ नि ।

अघिल्लो निर्वाचनमै पराजित तपाईले यसपटक पनि उम्मेदवारको आकांक्षा राख्नुभएको हो ?

अब पार्टीले बनायो भने म उम्मेदवार हो । सम्भवतः मलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने हो । पार्टीले वडाबाटै सिफारिस हुने मापदण्ड बनाएको छ । आम कार्यकर्ताले मलाई चाहेका छन् भने मै उम्मेदवार हुन्छु । यदि चाहेको छैनन् भने अब पार्टीले के निर्णय गर्ला त्यही हो ।

विराटनगरको मेयर पदको उम्मेदवारका रुपमा यहाँको दावेदारी किन?

२०७४ को निर्वाचनमा म उम्मेदवार नै थिइन । उम्मेदवार भनेर कामै गरेको थिइन । म त्यतिबेला प्रतिनिधिसभामा क्षेत्र नम्बर ५ बाट उठ्ने तयारीमा थिए । त्यही अनुसार त्यतिबेला ६ वटा वडाको रिजल्ट हेर्दा पनि त्यो कुरा प्रष्ट हुन्छ । अन्तिम अवस्थामा पार्टीले तपाईँ मेयरमा लड्नुपर्छ भनेपछि मेयरमा लडे । तीन गते बेलुका निर्णय भयो, ४ गते नोमिनेशन भयो, १४ गते चुनाव भयो । जहा कि मैले तयारी नै गरेको थिइन । त्यो सर्ट पिरियडमा त्यतिबेला १६ वटा वार्ड मध्ये ६ वटा वडामा मात्र काम गरेको थिएँ त्यहाँ रिजल्ट देखि हालिएको छ । मैले त अहिले १९ वटै वडामा काम गरिरहेको छु । पार्टीभित्र मेयरको दावेदारी पनि छ, जनताले पनि चाहेको छ, काम पनि गर्दै आएको छु त्यहि अनुसार आफै अनुमान लगाउनु सक्नुहुन्छ मेरो अवस्था भोलिको दिनमा के रहला भन्ने कुरा । किनभने ६ वटा वार्डमा काम गरेको अवस्था र १९ वटै वडामा काम गरेको अवस्थामा अनुमान लगाउन सकिन्छ ।

जनता समाजवादी पार्टीबाटै धेरैले मेयरमा आकांक्षा राखिरहँदा तपाई आफुलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
अरु साथीहरुले पनि इच्छा राख्नु स्वभाविक र सामान्य कुरा हो । जसरी म पार्टीको एउटा कार्यकर्ता हो, मैले उम्मेदवारीमा दावेदारी गर्न पाउँछु भने अरु किन दावेदारी गर्न नपाउने ?जतिले दावेदारी गर्नुभएको छ उहाँहरुलाई पनि मेरो धन्यवाद र शुभकामना छ । तर, ती मध्येबाट कसलाई छान्ने हो पार्टी र कार्यकर्ताको सिफारिस बमोजिम हाइकमाण्डले निर्णय गर्ने कुरा हो । यसमा मलाई कुनै दुईमत छैन । स्वभाविकरुपमा सवैले हार्दिक प्रतिष्पर्धा गर्न पाउँछ ।

तपाईले विराटनगरको मेयरका लागि पार्टीबाट उम्मेदवारको टिकट पाउने कुरामाकत्तिको विश्वस्त हुनुहुन्छ ?

म निश्चीत छु, ढुक्क छु ।काम गरिरहेको छु । पार्टी र जनताले यसपालि उचित मुल्यांकन गर्छन् भन्ने मलाई लाग्छ ।

त्यसोभए अहिले कस्तो तयारी गरिरहनुभएको छ ?
हाम्रो पार्टीले अहिले वार्ड इकाई कमिटी मार्फत हामीले टोल कमिटीहरु गठन गर्दैछौँ । हामी जनता र कार्यकर्ताको घर–घरमा गइरहेका छौँ । जनताले पनि बोलाई रहनुभएको छ, हामीपनि पुगिरहेका छौँ र अब आउने निर्वाचनमा जसपाका उम्मेदवारलाई, चुनावचिन्ह छाता छापलाई जिताएर, मेयर बनाएर विराटनगरमा देखिएको जुन असमानता छ, त्यसलाई अन्त्य गर्छौँ । चारैतिर हेर्दाखेरी भेदभाव रहितको विराटनगर हामी निर्माण गर्छौँ ।

तपाई उम्मेदवार बनेर निर्वाचित हुनुभयो भने विराटगरका लागि के गर्नुहुन्छ ?
विराटनगरका अहिलेका मेयरले जनताले खोजे अनुसार केहीपनि गर्न सकेनन् । विकास निर्माणकै काम हेर्नुहुन्छ भने केहीपनिभएको छैन । २०७४ सालको निर्वाचनभन्दा अगाडीनै सुरु भएको एडिबि प्रोजेक्ट हो । त्यो, हाम्रै जग्गामा छ ।हामीले एकदमै सस्तो मुल्यमा त्यो जग्गा दिएका थियौँ, यदि नदिएको भएत्यो प्रोजेक्ट फर्केर जानेथियो । त्यतिबेला गोपाल रेग्मी कार्यकारी अधिकृत हुनुहुन्थ्यो उहाँले त्यो प्रोजेक्ट नल्याएको भए अहिले नाला सहितको पिच रोड एउटै हुने थिएन । त्यो प्रोजेक्ट बाहेक विराटनगरमा के गरिएको छ आफै मुल्यांकनगर्न सकिन्छ । शिक्षामा अहिलेका मेयरले के के परिवर्तन गरे ?जनताको घरसम्म स्वास्थ्य सेवाको पहुँच हुनुपर्छ भनेर निकै खोक्रो आश्वासन बाँडेका थिए के गरे ? सुकुम्बासी समस्याहरु कत्तिको समाधान गरे ? युवाहरुलाई स्वरोजगार मुलक अभियानहरु के–के ल्याए भन्ने आफै मुल्यांकन हुन्छ र वर्तमान मेयर जाँदै गर्दा खेरी पाँच वर्षमा विराटनगरमा फलानाको कार्यकालमा यो काम भएको थियो भन्ने एउटामात्र काम देखाइदिनुस् म सन्तुष्ट हुन्छु ।

त्यसो भए तपाई निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ?महानगरवासीलाई स्पष्ट खाका बताइ दिनुहोस् न ।

मैले अहिलेनै यो–यो गर्छु भनेर बोलि हाल्नु धेरै हतार हुनेछ । तर, म मेयर भएँभने विराटनगरमा फलानाको पाँचवर्षे कार्यकालमा मेयर हुँदाखेरी जनताले पछिसम्म याद राख्नेछन् ।

तपाईले चुनावजित्ने आधार के हो ?
२०७४ सालकै परिणाम हेर्नुहोस् १० दिनको अवधिमात् यतिबेला कांग्रेस र एमाले महिनौँदेखि चुनावको तयारीमा थिए । घरदैलोमा थिए ।हाम्रो पार्टी त्यतिबेला आन्दोलनमा थियो । चुनावहुनु हुदैन र भागलिदैनौँ भनेर हाम्रो पार्टी सडकमा थियो । तर, अन्तिम आवरमा सहमति भयो र चुनावमा जानुपर्छ भनेर हाम्रो पार्टीले निर्णय ग¥यो र १० दिनको भित्रमा यस्तो रिजल्ट आयो जनताले हामीलाई यतिभारी मतजनताले हामीलाई दिनुभयो, तर धेरै मत बदर भयो जुनहाम्रो कमजोरी हो । त्यसबाट अनुमानलगाउन सकिन्छ र जनताबाटै सवैकुरा थाहा हुन्छ । एकपटक जनताकै कुरा सुनिदिनुहुन म हार्दीक आग्रह गर्दछु ।

तर, जनता समाजवादी पार्टी विभाजित अवस्थामा छ नि?
जनता समाजवादी पार्टी विभाजित भएकै छैन । जतिबेला म उम्मेदवार थिएँ त्यतिबेला संघीय समाजवादी पार्टी थियो । त्यसपछि राजपा मिलेर हामीजनता समाजवादी पार्टी भयौ । एकताभएर जनता समाजवादी पार्टी भइसकेपछि केहीव्यक्तिहरुले चोइटिएर गएर एउटा नयाँ पार्टी निर्माण गरेका छन् । हामी विभाजितभएका छौँ कि शशक्त भएका छौँ आफै अनुमान लगाउन सक्नुहुन्छ र यसपालिको निर्वाचनमा त्यो छर्लङ्ग देखिनेछ।

तपाईहरु एक्लै निर्वाचनमा लडेर अहिले देखिएका ठूला दलसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था छ ?
ठूला दलकसले बनाएको हो ?त्यो जनताले नै बनाएको हो । हिजोका दिनमा ४६ साल पछाडि कांग्रेलाई जनताले ठूलो दल बनाएको हो तर त्यहि जनताले अहिले कांग्रेसलाई कहाँदेखि कहाँ पु¥याएका छन् । २०७४ को निर्वाचनमा एमालेलाई दुईतिहाई मतदिएर पठाए जनताले । अहिले एमालेको अवस्था कहाँ छ । जनताभन्दा ठूलो कोही पनि हुन सक्दैनन् । दल नेता बनाउने जनता हो । म जनताको प्यारो हो, मलाई जनताले माया गरे भने मलाई ठूलो बनाइ दिन्छन् ।

निर्वाचनमा गठबन्धनको चर्चा चलिरहेको छ । गठबन्धन हुँदा जसपाले विराटनगरको मेयर छाड्नुपर्ने अवस्था आयो भने ?
गठबन्धन हुँदाह हामीले विराटनगर छाड्नु पर्ने अवस्था आउँदैन । विराटनगरसँग कुनैपनि किसिमका सम्झौताहुँदैन । बरु हाम्रो कांग्रेससँग भन्दापनि माओवादी, नेकपा (एस) बिच मात्र गठबन्धन हुने सम्भावना छ । विराटनगरको हकमा कांग्रेस र एमालेसँग कुनै पनि किसिमका सम्झौता हुँदैन ।

यदि पार्टीले केन्द्रले निर्णय ग¥यो भने के गर्नुहुन्छ ?
यदित्यस्तो भयो भने विराटनगरका लागि दुर्भाग्य हुनेछ । यस विषयमा धेरै कुराहरु अहिले बोल्नु मलाई उचित लाग्दैन । न हुने कुरामा किन बढी बोल्ने ?

तपाई निर्वाचनको माहोल आफ्नो पक्षमापार्न व्यक्तिगतरुपमायतिबेला के गर्दै हुनुहुन्छ ?

Advertisement

मैले टोल टोलमा जाने हो । जनताको बीचमा जाने हो ।जनताको समस्या र मागहरु बुझिरहेको छु । जनतानै भगवान र सवैभन्दा ठूलो शक्ति हो । म यहाँको स्थानीय धर्ती पुत्र हुँ । जनताले उमेश यादव पहिले देखिनै राजनीति गर्दै आएको व्यक्ति हो भनेर बुझेका छन् । जनताको बीचभन्दा अरुतिर जाने ठाउँ केहीपनि छैन ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top