Nepal Times
Nepal Times
3
Shares

पूर्वप्रधानमन्त्री भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

पूर्वप्रधानमन्त्री भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

२९ चैत, काठमाडौँ । नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गरेका थिए । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाएका थिए ।

पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी आफूले बहन गर्न नसकेको हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.