Nepal Times
Nepal Times
3
Shares

माओवादी परित्याग गरी एमाले प्रवेश गरेका मेयर बगडीया मेयरको उम्मेद्‍वार

माओवादी परित्याग गरी एमाले प्रवेश गरेका मेयर बगडीया मेयरको उम्मेद्‍वार

२९ चैत, विराटनगर । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए ।

केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

२०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्‍वार तेश्रो भएका थिए ।

यस्तै नेकपा एमाले धनपालथान गाउँपालिका कमिटीले पनि मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ ।

धनपालथान गाउँपालिका गएको चुनावमा पनि उनी उम्मेद्‍वार थिए । तर उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका थिए ।

नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.