तल कुरा नमिले तालमेल हुँदैन : महामन्त्री थापा

३० चैत ७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् ।

काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने स्पष्ट पारे ।

नेपाली राजनीतिमा फरक विचार राख्ने दलबीच चुनावका लागि तालमेल हुने विषय हितकर नहुने आफ्नो धारणा यथावत रहेको थापाले बताए । यद्यपि पार्टीले गरेको निर्णय आफ्ना लागि सदैव मान्य हुने थापाले प्रष्ट्याए ।

‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो । मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ’, थापाले भने ।

कुन स्थानीय तहमा कसरी तालमेल गर्ने वा नगर्ने भन्ने विषय पार्टीको सम्बन्धित तहको क्षेत्राधिकार हुने भन्दै थापाले सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने बताए ।

गठबन्धनको संयन्त्रमा देशभैरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ । तल कुरा नमिलेपनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन’ थापाले भने ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top