ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित

३० चैत ७८, बिहीबार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् ।

Advertisement

काठमाडौंमा विहीबार आयोजित एक विशेष सुशभोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गरेकी हुन् । विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको थियो ।

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो ।

Advertisement
स्काउटको विकास र विस्तारमा ओली प्रधानमन्त्री भएको बेला विशेष पहल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । उनले सो अवसरमा ओली संरक्षक रहेकै बेला देशका ७५३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको बताए ।

स्काउटका अनुसार विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यसबाट विभूषित भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top