×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाँकेमा चुनावी तालमेलको औचित्य नरहेको भन्दै जसपा गठबन्धनबाट बाहिरियो

१ बैशाख २०७९

बाँके, बैशाख १ । बाँकेका चार स्थानीय तहमा गठबन्धन दलहरूबीचै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको छ ।

स्थानीय तह भागवण्डाका लागि बसेको बैठकमा जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित चार स्थानीय तहको नेतृत्व दाबी गरेको थियो । उक्त प्रस्ताव गठबन्धन दलहरू कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेपछि जसपा बैठकबाटै बाहिरिएको हो ।जसपाले नेपालगञ्ज उपमहानगर नछाड्ने अडान राख्दै आएको थियो ।

जसपा जिल्ला अध्यक्ष कमरुद्धिन राई स्वयम् नेपालगञ्ज उपमहानगरको मेयरमा उठ्दैहुनुहुन्छ । बाँकेका चार पालिकामा गठबन्धन दलहरूबीचै प्रतिस्पर्धा हुने भएपछि स्वस्थ प्रतिस्पर्धा गर्नेगरी तालमेल नगर्ने टुंगोमा पुगेको उहाँ बताउँनुहुन्छ । २०७४ को स्थानीय चुनावमा नरैनापुर गाउँपालिका जसपाले जितेको थियो । डुडुवा र नेपालगञ्जमा कांग्रेससँग मुख्य प्रतिस्पर्धामा रहेको र जानकी गाउँपालिका एमालेले जित्दा कांग्रेस र जसपा क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए ।

Advertisement
Advertisement

त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा थिए । ‘हामी प्रतिस्पर्धामा रहेका पालिकामा एक्लाएक्लै लडौँ । एमालेले जितेका चार पालिकामा गठबन्धन बनाएर लडौँ भन्दा कांग्रेस र माओवादीका साथीहरूले मान्नुभएन’, जसपा जिल्ला अध्यक्ष कमरुद्धिन राई भन्नुभयो, ‘त्यसैले हामी गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयमा पुग्यौँ ।’बाँकेमा गठबन्धन दलहरूलाई भागवण्डा मिलाउन असजिलो भइरहेको छ ।

कांग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा पालिका नछाड्ने अड्डी लिएको छ । माओवादी केन्द्र खजुरा, कोहलपुर र राप्तीसोनारी छाड्न नसक्ने भन्दै आएको छ । त्यस्तै, नेकपा एसले बैजनाथ गाउँपालिकामा दाबी गरिरहेको छ । यस्तोमा सबैलाई भाग मिलाएर गठबन्धन कायम गर्नु चुनौतीपूर्ण रहेको कांग्रेस सभापति नारायण गौडेल बताउनुभयो। ‘कुरा मिल्यो भने धेरै समय लाग्दैन ।

केन्द्रीय नीतिअनुरुप गठबन्धनलाई जोगाउन अन्तिम अवस्थासम्म हामी प्रयत्नशील छौँ’, उहाँले भन्नुभयो । जसपा अध्यक्ष राई भने प्रदेश र संघको चुनावमा जस्तो स्थानीय तहमा चुनावी गठबन्धन सहज नभएको बताउँनुहुन्छ उहाँले भन्नुभयो, ‘यस्तो गठबन्धनको औचित्य देखिँदैन । यसले अनावश्यक रूपमा मत बदर बनाउने र पार्टी कमजोर पार्ने काम मात्र गर्छ ।’

Advertisement

जसपा सचिव एवं बाँके २ का सांसद इस्तियाक राई गठबन्धनका दलहरूले आफ्नो पार्टीलाई २०७४ सालकै जनमतको आँखाबाट हेरेर व्यवहार गर्न खोज्दा कुरा बिग्रिएको बताउँछन् । ‘गठबन्धनकै पार्टीले जित्ने ठाउँमा तालमेल गर्नुपर्दैन । एमालेले जितेका ठाउँमा मात्र गठबन्धन गरौँ भनेका हौँ’, उहाँ भन्नुभयो, ‘त्यही राय माइन्युटमा लेखाएर हामी गठबन्धनबाट बाहिरिएका छौँ । त्यसको जानकारी पार्टी केन्द्रलाई पनि भइसकेको छ ।’

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top