निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

१ बैशाख ७९, बिहीबार
Share this
730shares

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

Advertisement
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उहाँसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top