मैथिली समाजका अध्यक्ष भगवान झासहितको टोली एमालेमा प्रवेश

६ बैशाख ७९, बुधबार

काठमाडौं । मधेसमा राजनीतिक दलका प्रभावशाली नेता र जनप्रतिनिधिहरूको दल बदल चलिरहेका बेला धनुषालगायत मधेसका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मङ्गलवार साँझ अध्यक्ष झा एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै प्रसन्न कुमार झा र प्राध्यापक डा. विजय झा पनि एमालेमा प्रवेश गरेका छन् ।

Advertisement
मधेस प्रदेशमा प्रभावकारी सञ्जाल रहेको मैथिली ब्राह्मण समाजले धनुषामा वृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने भएको छ । सञ्जालको २८ जिल्लामा संगठन रहेको झाले बताए ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top