×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

लेटाङ घटनाका आरोपी ५० हजार धरौतीमा छुटे, छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक थुनामा

६ बैशाख २०७९

विराटनगर, ६ वैशाख । मोरङको लेटाङ घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई जिल्ला अदालत मोरङले मंगलबार जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलसले मंगलबार यस्तो आदेश दिएको हो । आरोपितलाई तत्काल र्पूपक्ष थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मिसिल प्रमाणबाट नदेखिएको ठहर गर्दै न्यायाधीश ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकृत हेमबहादुर बुढाथाकीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

अदालतको आदेशसँगै कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोश कुंवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर जनही ५० हजार धरौटीमा रिहा भएका छन् । उक्त मुद्दाका पाँच आरोपित अझै फरार छन् । त्यसैगरी उक्त घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अविभावकको जिम्मा लगाउने आदेश दिएको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन र्दूर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रण गर्दा चैत ६ गते राति २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले एक १४ वर्षीय नाबालकसहित १६ जना विरुद्ध आजन्म कैदको माग गर्दै गत बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रुपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

त्यसमध्ये एक नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै आजन्म कैदको माग गर्दै कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले ५१ जना विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

त्यसमध्ये १५ जना नाबालक थिए । चैत ६ गते आइतबार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटनाले थप मोड लिएको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन ।

घटनामा प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको थियो । प्रहरीकै गोली लागेर प्रहरीकै मृत्यु भएको हो कि भन्ने आशंकामा मृतकको शरीरमा भेटिएको गोली र प्रहरीका हतियारका गोली विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मेल नखाएपछि भीडबाटै चलेको गोलीले श्रेष्ठको मुत्यु भएको पुष्टि भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तीराज कोइरालाको भनाइ छ ।

घटनास्थलमा १० थान सट गनको खोका फेला पर्नुले भीडबाट पनि गोली चलेको पुष्टि हुने कोइरालाको भनाइ छ । छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

Advertisement
Advertisement

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो । त्यसपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top